‘सर्मपण’ लिएर आउँदै सुनिता

sunita 22 copyकाठमाडौं, ३१ भदौ । आफ्नो प्यारो भाइ वैदेशिक रोजगारमा मलेसियामा गएको बेला उतै बितेपछि सुनिताले भाइको सपना पूरागर्नका लागी गाउन थालिन् गीत । गाउँघरमा मधुर स्वरमा गुनगुनाउने सुनितालाई विदेश जाने बेला भाइले भनेको थियो रे ! ‘मेरो दिदीलाई राम्रो गायिका बनाउँछु ’ तर न भाई विदेशबाट फर्केर आयो न अब पनि आउने सम्भावना नै छ ।

यही पीडाले आफ्नो विरह पोख्न गाउन थालेको सुनिताले बताइन् । उनले भनिन् ‘मेरो भाइले तपाईंले एक दिन मीठो गीत गाउनुपर्छ भनेको थियो । तर, छोटो आयुको रहेछ मलेसियामा नै सकियो’ । त्यसैले उनले भाइलाई सम्झेर ‘समर्पण’ गीति एल्बमको तयारीमा लागेकी छन् ।

खोटाङ जिल्लाको माक्पा–३ मा जन्मिएकी गायिका सुनिता राईको हाल केही गीतहरू बजारमा आइसकेका छन् । उनको ‘तिम्रो निम्ति रुँदारुँदै आज हास्न सिकेको छु ।’ बोलको गीत तथा भिडियोले अहिले बजारमा चर्चा पाइरहेको छ । पहिले गाउँघरमा बिहेबटुलो तथा मेलापातमा गीत गाउँदै आएको सुनिताले आपूmले संगीतको औपचारिक तालिम भर्खर मात्र सुरु गरेको बताइन् । ‘मलाई मेरो गाउँको खोला नाला र भिरपहराले नै गीत गाउन सिकाएको थियो । मेरो भाइले त्यही बेला मनपराएको थियो मेरो स्वर’ उनले गहभरी हुँदै भनिन् । तर उसको कर्ममा मेरो स्वरमा रेकर्ड भएको गीत सुन्न लेखेको रहेनछ’ ।

‘जसले केही आर्थिक कमाई गरेर दिदीलाई संगीत क्षेत्रमा लाग्न सघाउँछु भन्थ्यो, वैदेशिक रोजगारको सिलसिलामा जाँदा उतै सकिएपछि देखेको सपनामा बज्रपात परेको छ ।’ उनले भनिन्, ‘तर दिदीलाई सफल गायिका बनेको देख्न चाहने भाइको त्यो सपना पूरा गर्न म यो क्षेत्रमा अब डटेर लाग्दै छु । यदी म सफल भएँ भने मेरो भाइको आत्माले पनि शान्ति पाउनेछ ।’

sunita 1संगीतकार शान्तिराम राईबाट संगीतको सरगम पनि सिक्दै गरेकी उनले शान्तिराम राईकै संगीत तथा प्रेम राईको शब्दमा रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । उनको गीत टेलिभिजन र यु–ट्युबबाट हेरेर असंख्य कमेन्टहरू आउँदा अहिले भने दंग छिन् । संसारभरिका आफन्त र शुभचिन्तकहरूले ‘राम्रो छ, गाउनु’ भन्ने शुभकामना र शुभेच्छाले थप हौसला मिलेको उनले बताएकी छन् । उनले भर्खरै मात्र अरू २ गीत रेकर्ड गरिसकेको बताउँदै चाँडै ‘समर्पण’ लाई श्रोता तथा दर्शकका बीचमा समर्पण गर्ने बताएकी छन् । पछिल्लो रेकर्ड भएको गीतको शब्द गीतकार बुद्धवीर लामा र इन्द्र राईको रहेको छ भने संगीत शान्तिराम राईले गरेका छन् ।

उनले यी गीतहरूमा समेत राम्रो गाउन कोशिस गरेकाले पक्कै राम्रै प्रतिक्रिया पाउने आशामा रहको बताइन् । जम्मा ६ वटा गीत समेटिएको गीति एल्बम चाँडै बजारमा आउनेछ ।

प्रतिक्रिया