किशोरले ‘सम्झना’ ल्याउने

kiswor ghimireकाठमाडौं, ३ असोज । गीत हिट हुने तर सर्जक ओझेलमा पर्ने पीडामा परेका गीतकार किशोर घिमिरेले आफ्नो एकल गीति एल्बम चाँडै बजारमा ल्याउने भएका छन् । विगत १५ वर्षदेखि निरन्तर गीतलेखनमा लागेका उनले गीति संगालो ‘बहुमूल्य मधुर सम्झना’ भित्रको भिडियो सार्वजानिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

किशोरले यही एल्बमभित्र समेटिएको गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गर्दै आपूmले ल्याउन लागेको एल्बमबारे बोलेका थिए । सार्वजनिक गरिएको गीतमा अनिल सिंहको एकल संगीत र स्वर समेटिएको छ । ‘सम्झना’ बोलको गीतमा गीतकार किशोर र पूर्वमिस नेपाल उषा खड्गीले अभिनय गरेका छन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार भएको हो । कार्यक्रममा बोल्दै बोल्दै किशोरले ६ वटा गीत संग्रहित एल्बम चाँडै लोकार्पण गर्ने जानकारी गराए । उनले भने ‘गीतहरूमा अनिल सिंहको एकल संगीत र स्वरमा ६ वटा गीत रेकर्ड भइसकेका छन् । जसमध्ये ५ वटा गीतको भिडियो बनिसकेको छ । एउटा गीतको भिडियो बनाएलगत्तै लोकार्पण गर्ने योजना छ ।’

प्रतिक्रिया