भिडियोबाट जेसिकाको यौन शिक्षा

jisikaन्युओर्क, ३ असोज । हलिउड अभिनेत्री जेसिका बेलले महिलालाई यौन शिक्षाबारे जानकारी दिने उद्देश्यका साथ अनलाइन भिडियो शिक्षा सुरु गर्ने भएकी छन् । यौनका विषयमा महिला पछिपरेको भन्दै उनले महिलाका शरीरबारे पर्याप्त जानकारी बताएकी छन् ।

अमेरीकामा रहेको संस्था ‘विमनकेयर ग्लोबल’ की संस्थापक सान्ड्र पेलेटियरसँग मिलेर उनले यस्तो काम गर्न लागेकी हुन् । यो संस्थाले महिलाको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । उनले गर्भवती हुँदाको समयमा आएका सवालबाट प्रेरित भएर शरीरका कुन अंगले कसरी काम गर्छन् भन्ने शिक्षा दिन लागेको जनाएकी छन् । उनलाई सघाउने संस्थाकी संस्थापक सान्ड्राले पनि यससम्बन्धमा भनेकी छिन्,‘हाम्रो देशमा जम्मा २२ राज्यका विद्यालयमा मात्र यौन शिक्षा पढाइन्छ । बेल र मलाई लाग्छ, यस अभियानबाट हामीले केही बदल्न सक्छौँ ।’

यस योजनालाई मूर्तरूप दिँदै यी दुईले तुरुन्तै महिलालाई रुचि हुने खालका सामग्री भएको भिडियो शृंखला जारी गर्दै छन् । महिलाको किशोरावस्थादेखि गर्भ निरोधसहित कैयौँ यौनसम्बन्धित विषयमाथि यस भिडियोमा चर्चा हुनेछ । सो भिडियो ‘विमेन केयर ग्लोबल डट ओआरजी’ बाट प्रसारण हुनेछ ।

प्रतिक्रिया