पामेलाको औँठी बिक्रीमा

pamela copyलसएन्जल्स, ३ असोज । हलिउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले इन्गेजमेन्टको औंठी लिलाम बिक्रीमा राखेकी छन् । आफ्नो नाममा स्थापित ‘पामेला एन्डरसन फाउन्डेसन’ लाई दान दिन औंठी बेच्न लागेकी हुन् ।

हिराबाट बनेको उनको औंठीको मूल्य एक लाख अमेरिकी अर्थात् करिब एक करोड रूपैयाँ राखिएको छ । चारपटक बिहे गरिसकेकी पामेलालाई उक्त औंठी पूर्वपति रिक सलोमनले लगाइदिएका थिए । सन् २००७ मा बिहे गरेका उनीहरू दुई महिनामै छुट्टिएका थिए । खबरअनुसार ६ वर्षपछि उनीहरू फेरि नजिकिएका थिए । सन् २०१४ मा उनीहरूले फेरि बिहे गरे । अनि, २०१५ मा उनीहरू फेरि छुट्टिए ।

त्यसो त उनको सम्बन्ध बस्ने र टुट्ने शृंखला निकै लामो छ । सबैभन्दा धेरै तीन वर्ष मात्र उनको सम्बन्ध टिकेको छ । सन् १९९५ मा उनले ड्रमर थमी लीसँग उनले पहिलोपटक बिहे गरेकी थिइन् । तीन वर्षमै उनीहरूको सम्बन्धबिच्छेद भयो । लीसँग छुट्टिएपछि सन् २००६ मा गायक किड रकसँग उनले फेरि बिहे गरिन् । तर, उक्त सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । त्यसपछि पामेलाले रिक सलमोनसँग तेस्रो र चौथो बिहे गरेकी थिइन् । जसमध्ये तेस्रो बिहे दुई महिना र चौथो बिहे एक वर्ष मात्र टिकेको थियो ।

प्रतिक्रिया