सलमान र दीपिका लोकप्रिय

salman-and-deepika copyमुम्बई, ३० भदौ । बलिउड बादशाह शाहरूख खान र पर्पmेक्ट म्यान आमिर खानलाई पछि पार्दै बलिउड सुपरस्टार सलमान खान आकर्षक व्यक्तित्वको सूचीमा सबैभन्दा अगाडि परेका छन् । ट्रस्ट रिसर्च एड्भाइजरी ले १६ सहरमा गरेको सर्वेक्षणमा सलमानलाई आकर्षक व्यक्तित्वमा अगाडि पाइएको बताइएको छ ।

सो सर्वेक्षणको आधारमा ‘बजरंगी भाइजान’ का नायक सलमान सबैभन्दा आकर्षक व्यक्तित्व सावित भए । अभिताभ बच्चन दोस्रो स्थानमा परे भने शाहरूख तेस्रो स्थानमा परेका छन् । नायिका दीपिका पादुकोणले सुन्दरी महिलाको सूचीमा आफ्नो स्थान सुरक्षित गरिन् । कट्रिना कैफ ४ नम्बरमा परेकी छिन् । खेल र मनोरञ्जन क्षेत्रमा संलग्न विभिन्न व्यक्तित्वका विषयमा रिसर्च गरिएको थियो ।यसमा महेन्द्र सिंह धोनी, राहुल द्रविण, रणवीर कपुर, हेमा मालिनीलगायत सहभागी थिए । टिआरएका सिइओ एन चन्द्रमौलीका अनुसार यस्ता प्रतियोगितामा प्रायः शारीरिक सुन्दरताले नै धेरै अंक पाउँछ । समझदारी, आकंक्षा र व्यवहारलाई पनि अंक मापनको आधार बनाइएको उनले बताइन् ।

प्रतिक्रिया