यसपालीको तीज : जनजाति महिलाको भीड

pachthar teejपाँचथर, ३० भदौ । पाँचथरमा यसपालीको तीज जनजातिमय भएको छ । फिदिमको शनिबारे हाट शिव मन्दिर परिसरमा आयोजित तीज विशेष कार्यक्रममा भेला भएका महिलाहरूले उल्लासमय वातावरणमा तीज मनाएका छन् । आदिवासी जनजातिको बाहुल्यता रहेको पाँचथर जिल्लामा तीजमा पनि जनजातिमहिलाकै भिड थियो । नेपाली महिलाको महानचाड हरितालिका तीजको रौनक विगत वर्षभन्दा यसपटक सांस्कृतिक सदभाव नमुना बनेको तीज विशेष कार्यक्रम तथा उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्रप्रसाद काफ्लेले बताए ।

जनजाति महिलाहरू रातो पहिरनमा सजिएर हातमा कलश लिएर लामवद्ध भई मन्दिरमा दर्शन गर्न पालो पर्खंदै गरेको दृश्य मनमोहक थियो । अघिल्लो रातमा दरखाई दिनभर निराहार रहेर साँझमा फलाहार भोजन गरी शिवको आराधना गर्ने गरेको वर्तालु पार्वती लिम्बूले बताइन् ।

प्रतिक्रिया