६ करोडको औँठी दिएर प्रेम प्रस्ताव

Asin-and-rahul copyमुम्बई, २९ भदौ । बलिउडकी नायिका असिनलाई ६ करोडको औँठी दिएर प्रेम प्रस्ताव आएपछि उनले सकारेकी छन् । उनलाई चर्चित मोबाइल कम्पनी माइक्रोम्याक्सका को—फाउन्डर राहुल शर्माले ६ करोडको औँठी दिएर प्रेम प्रस्ताव राखेको बलिउडमा चर्चा छ ।

उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘अल इज वेल’ले बलिउड बक्स अफिसमा कमालको व्यापार नगरे पनि असिनको रियल जिन्दगी भने निकै रमाइलो तरिकाले बितिरहेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् । चाँडै वैवाहिक जीवनमा बाँधिन लागेकी यी नायिका अहिले शर्मासँगको प्रेम सम्बन्धमा छिन् । समाचारअनुसार १ वर्ष पहिले राहुलले फिल्मी स्टाइलमा असिनलाई औँठी लगाइदिएका थिए । बेल्जियममा बनेको ६ करोडको हीराको औँठी दिएर राहुलले आफ्नो मनको कुरा असिनसँग भनेका थिए र असिनले पनि त्यही बेला राहुलको प्रेम स्वीकार गरेकी थिइन् । त्यही १ वर्ष पहिले राहुलले हातमा लगाइदिएको औँठी मिडियाको नजरमा पुगेको छ । औँठीमा असिन र राहुलको नाम खुल्ने गरी अंग्रेजीबाट नामको पहिलो अक्षर राखिएको छ ।

प्रतिक्रिया