नीताले मनाइन् जन्मदिन

nita_dhunganaकाठमाडौं, २८ भदौ । नेपाली चलचित्रक्षेत्रमा सम्भावना बोकेकी नायिका नीता ढुंगानाले आफ्नो २४औँ जन्म दिन मनाएकी छन् । ०४८ सालमा हेटौँडामा जन्मिएकी नीताले आफ्नो २४औँ जन्मदिन मनाएकी हुन् ।

पछिल्लो समय नायक आमेश भण्डारीको प्रेममा रहेपछि खुबै चर्चामा आएकी निताले करिब १ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । करिब १३ वर्षअघि टिभी सिरियल ‘चेतना’मा बाल कलाकारको अभिनय गरी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नीता अहिले बिकाउ नायिकाको रूपमा छिन् ।

सिरियल ‘चेताना’मा खेलेको २ वर्षपछि ९ वर्षको उमेरमा ठूलो पर्दाको चलचित्र ‘मितिनी’ र ११ वर्षमा ‘अजम्बरी नाता’मा पनि बालकलाकारको भूमिका निभाएकी नीताले स्वर्गीय दीपक रायमाझीको चलचित्र ‘चाँडै आऊ’ बाट डेब्यु गरेकी हुन् ।

त्यसपछि क्रमशः ८÷९ वटा चलचित्रमा अभिनय गरिसकेकी उनले अभिनय गरेको प्रदीप उदयको चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’ले मोफसलमा रेकर्ड तोडेको थियो । ‘हाम्रो माया जुनीजुनी’लाई चलचित्रपछि प्रदर्शनमा आएको ‘मसान’ चलचित्रले पनि व्यावसायिक हिसाबले राम्रै रहेको थियो । नीर शाहको चलचित्र ‘मसान’पछि उनले दबाब, वार, ६ एकान ६, भूल भूलैया, नोटबुकलगायत आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

हाल उनी केही म्युजिक भिडियो र चलचित्रको छायांकनमा व्यस्त छिन् । उनको राम्रो चलेको चलचित्र भने ६ एकान ६, मसान र नोटबुक हुन् । उनको नयाँ चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनको तयारीमा रहेको छ । राजेश हमाल र करिश्मा मानन्धर मनपर्ने नायक नायिका रहेको बताउने नीता अझ केही वर्ष विवाह नगर्ने सोचमा छिन् ।

प्रतिक्रिया