बिहेको मुडमा सुजैन

suzain_khanमुम्बई, २८ भदौ । सम्बन्धविच्छेद भएको १ वर्षपछि बलीउड स्टार ऋतिक रोशनका पूर्वपत्नी सुजैन खानले बिहे गर्ने भएकी छन् । सम्बन्धविच्छेद भए पनि ऋतिकले अहिलेसम्म सुजैनको यादहरू नभुलेको बताउँदै आएका छन् ।

२ छोराको आमासमेत रहेकी सुजैन अहिले बलिउड अभिनेता अर्जुन रामपालसँगको प्रेम सम्बन्धमा रहेको बताइएको छ । हुन त ऋतिक र सुजैनबीच यही विषयलाई नै लिएर सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएपछि टाढा रहँदै आएकी सुजैनले अर्जुनसँगै बिहे गर्ने कुरा चलेको हो ।

खबरका अनुसार अर्जुनले अदालतमा आफ्नो श्रीमती मेहरलाई छोड्न पाउँ भन्दै मुद्दा हालेको बताइएको छ । मेहरले पनि अर्जुनलाई छोड्न तयार छिन् त्यसैले अहिले उनीहरू पनि अदालतको आदेश कुरेर बसिरहेका छन् । अर्जुनले मेहर छोडेपछि सुजैनसँग बैवाहिक सम्बन्ध गाँस्ने पक्का जस्तै भएको छ ।

प्रतिक्रिया