बन्द खुलेपछि चहलपहल

banda_khulyoदेउखुरी, २८ भदौ । एक महिनासम्म बन्द रहेको देउखुरी आइतबार बिहानैदेखि खुलेको छ । बन्द खुलेपछि पूर्वपश्चिम राजमार्गमा सवारीसाधन गुड्न थालेका छन् । लमही, भालुवाङ, गढवा, सिसहसनयालगायत स्थानका पसलहरू खुलेका छन् ।

लामो समयपछि बन्द खुलेकाले सर्वसाधारण नागरिकले ठूलो राहातको महसुस गरेका छन् । ‘बन्दले सबै क्षेत्रमा हानी नोक्सानी पु¥याएको थियो,’ देउखुरी उद्योग वाणिज्य संघका सह–सचिव एवं शशी सु–सेन्टरका सञ्चालक शशीराम नेपालीले भने, ‘बन्दले कसैलाई फाइदा पु¥याउँदैन ।’ थरुहट÷थारुवान संयुक्त संघर्ष समिति देउखुरीले आइतबार बिहान पाँच बजेदेखि अनिश्चितकालसम्मका लागि कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

आइतबार बिहान मात्रै काठमाडौंका लागि लमहीबाट एउटा बस छुटेको छ । बुटवल, नारायणगढसम्म सवारीका साधन लमहीबाट छुटेको राप्ती सार्वजनिक यातायात व्यवसायी समिति बुकिङ काउनटर लमहीले जनाएको छ । छोटो दुरीमा सवारीसाधन चलेपछि तीजमा माइत जान हिँडेका चेलीबेटीलाई सहज भएको छ ।

हरितालिका जित र विश्वकर्मा पूजालाई मध्यनजर गर्दै बन्द अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । गत साउन २७ गतेदेखि थारू बहुल जिल्लालाई समेटेर अलग संघीय प्रदेश बनाउन माग गर्दै आन्दोलन गरिँदै आएको छ । बन्दको कार्यक्रम स्थगित गरिए पनि अन्य संघर्षका कार्यक्रम जारी रहेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाश चौधरीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्रतिक्रिया