डिडिसीको घ्यूमा भारी छुट

देउखुरी, २८ भदौ । तिजमा दर खान घ्यूको प्रयोग बढी हुन्छ । चार्ड पर्वलाई मध्यनजर गर्दै दुग्ध विकास संस्थानले गत भदौ १ गतेदेखि लागु हुने गरी घ्यू तथा बटरमा उपभोक्ता मूल्यमा प्रतिलिटर २० रुपैयाँ छुट दिएको छ ।

भदौ २७ गते आइतबारदेखि लागु हुने गरी बिक्रीवितरकलाई पनि भारी छुट दिएको संस्थानले जनाएको छ । यस योजनाअन्तर्गत कुनै व्यक्ति वा व्यापारीले एकमुष्ट न्यूनतम एक सय लिटर मात्राको परिमाण उठाउँदा आवश्यक कागजात आयोजनामा बुझाई नियमानुसार ड्रिस्ट्रिब्युटर मूल्य अर्थात् घ्यू पेटजार वा डब्बामा प्रतिलिटर ६ सय ८७ मा र पोली प्याक प्रतिलिर ६ सय ६० रुपैयाँमा पाउन सकिने आयोजना प्रमुख गोविन्दराज जोशीले जानकारी दिए । साथै गत भदौ १ गतेदेखि रिटेलर मूल्यमा पनि छुट गरिएको छ ।

जसअनुसार घ्यू पेटजार प्रतिलिटर सात सय १८ रुपैयाँ ५० पैसा र पोली प्याक प्रतिलिटर ६ सय ९० रुपैयाँ कायम भएको छ । त्यसैगरी उपभोक्ता मूल्य घ्यू पेटजार प्रतिलिटर सात सय ५० र पोली प्याक प्रतिलिटर सात सय २० रुपैयाँ कायम भएको बिक्री शाखा प्रमुख निरञ्जन भट्टराईले जानकारी दिए ।

दाङमा डिडिसीको घ्यू लमही चिस्यान तथा बिक्री केन्द्रबाट उपभोक्ताको मागअनुसार पु¥याउने चिस्यान केन्द्रका प्रमुख रणेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया