संगीतकार संघको वार्षिक साधरणसभा सम्पन्न

laxman_shesh2काठमाडौं, २६ भदौ । स्रष्टाहरूको बौद्विक सम्पत्तिको अधिकारलाई अब बन्न लागेको संविधानमा राख्न सफल भएकामा खुसी साट्दै संगीतकार संघ नेपालले आफ्नो सातौँ वार्षिका साधरणसभा सम्पन्न गरेको छ । काठमाडौंमा भएको वार्षिक साधरणसभामा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत भएका छन् ।

संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव गणेश रसिकको प्रमुख आतिथ्यमा भएको साधरणसभामा संस्थाको हालसम्मको गतिविधि र भावी चुनौतीबारे संघका सचिव चेतन सापकोटाले प्रतिवेदन पेस गरेका थिए । त्यस्तै, संस्थाको आर्थिक अवस्थबारे कोषाध्याक्ष हरि लम्सालले प्रतिवेदन पेस गरेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले अहिले निर्माण कुन लागेको संविधान मस्यौदा विधेकको भाग ३ को बुँदा ३० मा स्रष्टाको बौद्विक अधिकारको व्यवस्था गर्ने सफल भएको खुसी लागेको बताएका छन् । उनले यो नै अन्तिम भने होइन भन्दै अब यसलाई राज्यले मूल कानुनको रूपमा पास गरेपछि स्रष्टाहरूको पक्षमा दरिलो कानुन निर्माण गर्न लागिपर्ने बताएका छन् ।

कार्यक्रममा गीतकार संघका योगेन्द्र दाहालले साधरणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रस्तोता संघका उपाध्याक्ष तुलसी पराजुलीलगायत सहभागीहरूले रोयल्टी सम्बन्धि अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्ने बताएका छन् । संघले आगामी दिनमा स्रष्टाको अधिकारलाई स्थापित गर्ने नयाँ रणनीतिसमेत तयार गर्ने जनाएको छ ।

प्रतिक्रिया