ग्रीसमा नेपाली लोकनृत्य

काठमाडौं । ग्रीसको स्कोपेलोस र सालनोकी सहरमा नेपाली लोकनृत्य प्रदर्शन गरिएको छ । त्यहाँ हालै भएको तेस्रो लोक नृत्य महोत्सबमा नेपालका २० भन्दा बढी लोकनृत्य प्रस्तुत गरिएको हो ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपको तर्फबाट महोत्सवमा नेपाली कलाकारले नृत्य प्रस्तुत गरेका हुन् । ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका अनुसार नेपालबाट सहभागी समूहले परम्परागत भेषभूषामा देश चिनाउने नृत्य प्रस्तुत गरेको थियो । उक्त महोत्सवमा सतार, झ्याउरे तामाङसेलो, झाँक्री, यती मारुनीका साथै अन्य परम्परागत नृत्य प्रस्तुत गरिएको छ ।

कोइरालाको संयोजनमा गएको नेपाली टोलीमा शीतल आचार्य, मिरज कोइराला, कृष्ण रेउले, चन्द्र शर्मा, विधान कोइराला, प्रमिल रिजाल, एलिना राई, अनिता अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया