सन्नीलाई राखीको आरोप

sunny_and_rakhiमुम्बई, २६ भदौ । बलिउड नायिका राखी सावन्तले सन्नी लियोनले बलात्कारीलाई प्रेरित गर्ने गरेको आरोप लगाएकी छन् । उनले सन्नी लियोनीलाई भारतबाट निकाला गर्नुपर्नेसमेत माग गर्दै आएकी छन् । आईटम गर्ल राखी सावन्तले सन्नीले बलात्कारी मनस्थिति भएका युवालाई उत्तेजित बनाउने गरेको आरोप लागएकी हुन् । उनले भनिन्, ‘जनहितका लागि विज्ञापन गर्नु त ठीकै हो तर, उत्तेजित अभिनय गरेर सन्नीले हाम्रा भारतीय युवाको रगत तताउने गरेकी छिन् ।’ मुम्बईमा आयोजित एक कार्यक्रममा सन्नीविरुद्ध कडा रूपमा प्रस्तुत भएकी राखीले सन्नीलाई देश निकाला गर्नुपर्ने प्रसंग दोहो¥याउँदै अभिनय नै गर्ने हो भने लामो कपडा लगाएर अभिनय गर्न भनेकी छन् ।

राखीको भनाइ आधारहीन भएको भन्दै सन्नीले राखीलाई अव्यवसायिक व्यक्तिले बोलेको बताइन् । ‘कुनै पनि देशका कलाकारका विषयमा यस किसिमको टिप्पणी भएको मैले सुनेको छैन,’ उनले भनिन् । यसअघि सिपिआई नेता अतुल अन्जानले पनि सन्नीले कन्डमको विज्ञापनले भारतमा बलात्कारका घटना बढाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया