अधकट्टीको गीतमा नम्रताको नाच

Namrata-Shresthaकाठमाडौं २४ भदौ । आगामी दसैँसँको अगाडि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अधकट्टी’ को आइटक गीतको भिडियो रिलिज भएको छ । फिल्ममा रहेको ‘हे नम्रता’ बोलको गीतमा नायिका नम्रता श्रेष्ठ आफैँले नाचेकी छन् ।

देशभर एकसाथ प्रदर्शनको तयारीमा रहेको हास्यप्रधान चलचित्र ‘अधकट्टी’ को उक्त आइटम गीतमा नम्रताले चारजनासँग एकसाथ नाचेकी छन् । ‘मेरो नाममै गीत बन्ने भएपछि म चलचित्रमा नाच्न तयार भएकी हुँ,’ नम्रताले भनिन् । ‘अधकट्टी’ मा नायिका नम्रता श्रेष्ठकै भूमिकामा छिन् । गीतमा उनी नायक गौरव पहारी, विल्सनविक्रम राई, प्रदिप बास्तोला र गजित विष्टका साथ भृकुटीमण्डपको बालउद्यानमा कम्मर मर्काएर नाचेको सिन हेर्न पाइनेछ ।

राजन इशाराको संगीतमा विज्ञापन व्यवसायी रञ्जित आचार्यद्वारा रचित गीत ‘हे नम्रता’ मा गायिका निशा देशारका साथ राजन इशारा र युवराज चौलागाईंको स्वर रहेको छ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको ‘अधकट्टी’ लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् । ‘हे नम्रता’ मा नृत्य निर्देशन कविराज गहतराज, छायांकन हरि घले लामा र सम्पादन बनिश शाह र मिलन श्रेष्ठ छन् ।

प्रतिक्रिया