श्रुति संगीतको वार्षिकोत्सवमा सम्मान

shruti_sammanकाठमाडौं, २३ भदौ । श्रुति संगीत विद्यालयले आफ्नो वार्षिकत्सोवको अवसरमा विभिन्न श्रष्टाहरूलार्ई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले विभिन्न व्यक्तिलार्ई सम्मान गरेका हुन् ।

कार्यक्रममा ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ बाट प्रेमध्वज प्रधान तथा आनन्द कार्की, देवकी वन्दना र रमण घिमिरे अभिनन्दन तथा सम्मानित भएका छन् । ‘श्रुति संगीत सम्मान’ मा पाँच हजार पाँच सय ५५ रुपैयाँ पनि रहेको छ । त्यस्तै ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ को राशि २५ हजार रुपैयाँ रहेको छ । श्रुति संगीत विद्यालयले १२औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा स्रष्टा अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रमको अवसरमा श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीले आफूहरूले विगतका वर्षहरूमा पनि यस क्षेत्रका विभिन्न व्यक्तित्वलार्ई अभिनन्दन तथा सम्मान गर्दै आएको बताएका थिए ।

प्रमुख अतिथिको आशनबाट बोल्दै सत्यमोहन जोशीले श्रुति संगीत विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै अभिनन्दित तथा सम्मान पाउनेहरूलार्ई बधाइ दिँदै संगीतलार्ई विश्व भाषाको रूपमा लिइने बताएका छन् । त्यस्तै विशेष अथितिको आशनबाट दीपक जंगमले पनि श्रुति विद्यालयको कार्यको जति प्रशंसा गरे पनि कम हुने बताए ।

अभिनन्दन तथा सम्मान्नित स्रष्टा प्रेमध्वज प्रधानले यस सम्मानले आफूलार्ई थप हौसला र प्रेरणा मिलेको बताएका छन् । उक्त कार्यक्रममा प्रेमध्वजका गीतहरू जुना प्रसाईं, प्रमोद खरेल, प्रकाश नेपाली, दीपिका श्रेष्ठ, अमृत क्षेत्री, सुमिना लोले गाएका थिए । कार्यक्रममा संगीतकार राजु सिंह, तुलसी पराजुली, हेमन्त शर्मालगायतका गीत संगीत क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया