हलिउडको तयारीमा सिद्दिकी

nawazuddin_siddiquiनयाँदिल्ली, २३ भदौ । एकछत्र कमाइ गर्न सफल विभिन्न हिन्दी चलचित्रका बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकीले आफू हलिउडका लागिसमेत तयार रहेको बताएका छन् । बदलापुर, माफी द माउन्टेन म्यान, ग्याङ्स अफ वासेपुर, बंजरगी भाइजान, किक तथा कहानी जस्ता बलीउडमा सर्वाधिक कमाइ गर्न सफल चलचित्रमा अभिनय गरेका सिद्दिकीले आफू हलिउड चलचित्रका लागि पनि तयार रहेको बताएका हुन् ।

उनको हालै रिलिज भएको माफी द माउन्टेन म्यानको सफलताको खुसीयाली मनाउन आयोजित पार्टीमा बोल्दै उनले हलिउड चलचित्रको हिस्सा बन्न मन लागेको बताएका हुन् । हलिउड चलचित्रमामा अभिनय गर्नेबारेमा उनले भने, ‘यदि मलार्ई राम्रो भूमिका मिल्छ या कुनै मन छुने भूमिकाको प्रस्ताव गरिन्छ भने अवश्य पनि अभिनय गर्छु ।’ उनले केतन मेहेता निर्देशित ‘माझीं’ चलचित्रमा गरेको जीवन्त अभिनयले राम्रो तारिफ पाइरहेको छ ।

प्रतिक्रिया