तीजमा उमाको सितारा टलल

uuma vidioकाठमाडौं, २३ भदौ । सिन्धुपाल्चोकको भोटसिपा–१ सिपाटारमा जन्मेकी लोक गायिका उमा श्रेष्ठ ‘सितारा टलल’ बोलको गीत बजारमा आएको छ । तीजको अवसर पारेर बजारमा ल्याइएको उक्त गीतमा लोक गायिका उमा श्रेष्ठ र खुमन अधिकारीको स्वर रहेको छ ।

यसभन्दा अगाडि ‘मनको रहर मेट्नलार्ई’, ‘बास्ना आउने धूप’ ‘रोधीघरमा लाल्टिन बोकेर’, ‘माछा मीठो मलेखुको पानी त्रिशूलीको’ लगायत चर्चित लोकदोहोरी गीत बजारमा ल्याइसकेकी उमाको ‘मोबाइलमा ब्याट्री लो’ पनि चर्चामै रहेको थियो । युट्युबमा राखिएको ‘सितारा टलल’ मा लय शब्द श्रीकृष्ण क्षेत्रीले तयार पारेका हुन् । यस गीतका लागि शंकर विसी र नायिका रेजिना उप्रेतीले अभिनय गरेका छन् । भिडियोको छायांकन सुरेश श्रेष्ठ, सम्पादन प्रविन रेश्मी मगर र भिडियोको निर्देशन शंकर विसीले गरेका छन् ।

सितारा टलल गीति एल्बमका बारेमा श्रेष्ठले नेपाली लोकसंगीतको क्षेत्रमा एउटा इँटा थप्ने उद्देश्यले यो गीत तयार पारेको बताएकी छन् । उनले नेपाली दिदीबहिनीहरूको महान् चाड तीजको अवसरमा आएको यो गीतले भरपुर मनोरञ्जन पाउने विश्वास लिएको बताइन् ।

उनले भनिन्, ‘गीतको माध्यमबाट सौन्दर्यतालार्ई झल्काउन र सबैलार्ई आकर्षित गर्न सितारा टलल गीति एल्बम बजारमा ल्याएकी हुँ । सितारा शब्द धेरै फेमस भएको हुनाले घरपरिवारमा, यात्रामा, तीज कार्यक्रम, स्टेज प्रोग्राम, पिकनिकलगायतका स्थानमा सबैले नाच्न र गाउन सक्ने गरी नै यो लय तयार गरिएको छ ।’

प्रतिक्रिया