अशिष्मा र निराजन बने जोडी

ashisma-and-nirajan copyकाठमाडौं, २२ भदौ । चलचित्रको पर्दामा थोरै तर भिडियोमा धेरै देखिने नायिका आशिष्मा नकर्मीलार्ई म्युजिक भिडियोले फापेको छ । केही चलचित्रमा नायिकाको भूमिकामा देखिएकी आशिष्मालार्ई म्युजिक भिडियोले नै फापिरहेको उनका शुभेच्छुकहरूले बताएका छन् ।

यही मेसोको जानकारी पाएका सञ्चारकर्मी नविन गुरुङले उनै आशिष्मा र निराजन प्रधानको जोडी मिलाएर म्युजिक भिडियो तयार पारेका छन् ।

सोमबार हात्तीवन रिसोर्टमा गायक महेश थुलुङको ‘पलमै हँसायौ’ बोलको गीतको भिडियोमा नायिका नकर्मीले मोडल निराजन प्रधानसँग मोडलिङ गरेकी छन् । नायिका नकर्मीले निराजनसँग पहिलोपटक काम गरेकाले भिडियो विशेष रहेको बताएकी छन् ।

निराजन र अशिष्माको जोडीलार्ई यो गीत सार्वजनिक भएसँगै दर्शकले रुचाउने निर्देशक नविन गुरुङले विश्वास लिएको बताएका छन् । निराजन म्युजिक भिडियोमा संघर्षरत कलाकार भए पनि यस गीतमा भने उनले आफ्नो प्रतिभा राम्ररी पस्तुत गर्ने अवसर पाएको निर्देशक गुरुङको भनाइ छ ।
नेपाली चलचित्रका नायक तथा नायिकाले म्युजिक भिडियोलार्ई आम्दानी गर्ने राम्रो स्रोतको रूपमा लिँदै आएका छन् । अशिष्मा पनि अहिले भिडियोमै व्यस्त हुने नायिकाको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया