सलमान पनि राम्रो गायक

salman-khan--fainlमुम्बई, २२ भदौ । शुक्रबारबाट रिलिज हुन लागेको सलमान खानद्वारा निर्मित फिल्म ‘हिरो’ को प्रचारात्मक कार्यक्रममा सलमानले आफूले पनि राम्रो गाउन सक्ने बताएका छन् । गीत गाउने मामलामा शाहरूख खानले भन्दा आफूले राम्रो गाउने उनले दाबी गरेका छन् ।

उक्त कार्यक्रममा फिल्मका ‘हिरो’ का गायक राहत फतेह अलि खानलार्ई सलमान र शाहरूखमा कसमा संगीतको सुझबुझ छ ? भन्ने सोधिएको प्रश्नमा उनले घुमाउरो जवाफ दिँदै भने, ‘मैले सलमानको गीत सुनेको छु र शाहरूखको गीत सुन्न अझै बाँकी छ ।’ यही प्रश्नको उत्तरलार्ई रोक्दै सलमानले गीत गाउँदा शाहरूखले हार मान्दै आफ्नो हात उठाउने गरेको बताएका थिए । निखिल आणवानी निर्देशित फिल्मबाट बलिउड अभिनेता आदित्य पन्चोलीका छोरा सुरज पन्चोली र सुनिल सेट्टीकी छोरी आतिया शेट्टीले डेब्यु गर्दै छन् । फिल्म सुभाष घईद्वारा निर्देशित सन् १९८३ को ’हिरो’ फिल्मको रिमेक हो ।

प्रतिक्रिया