फिल्म फेस्टिवलमा जोनीको तारिफ

jhonyकाठमाडौं, २२ भदौ । हलिउडका स्टार मानिएका अभिनेता जोनी डिपले जारी भेनिस फिल्म फेस्टिवलमा तारिफ बटुलेका छन् । स्कट कपरको क्राइम ड्रामा फिल्म ‘ब्ल्याक मास’ मा रहेको उनको अभिनय अहिलेसम्मकै सर्वोत्कृष्ट भएको भन्दै उनको तारिफ गर्न लागिएको छ । फिल्ममा उनले जेम्स ह्वाइटी बल्जर चरित्रलार्ई सजीव उतार्न सफल रहेकाले प्रशंसा कमाएका हुन् ।

पछिल्लो समयमा आउँदा उनलार्ई दुई पाल्तु कुकुरलार्ई बिनाइजाजत अस्ट्रेलिया प्रवेश गराएको भन्दै त्यहाँबाट तुरुन्त नफर्काए मारिदिने चेतावनी दिएका थिए । फिल्म ‘बोस्टन ग्लोब’ का पत्रकारहरूको सोही नामको किताबमा आधारित रहेको छ । फिल्ममा उनले एफबिआईबाट संरक्षण पाएका आइरिस–अमेरिकन ग्याङ्स्टारको भूमिका निभाएका छन् । फिल्ममा सन् ७० को दशकको बोस्टन सहरको अन्डरवल्र्डलार्ई उतारिएको छ । (एजेन्सी)

प्रतिक्रिया