राज्यको निर्देशन नमाने कारबाही

Rajkumarकाठमाडौं, २१ भदौ । नेपाल सरकारले दिएको निर्देशन नमानी चलचित्र निर्माण गर्ने निर्माता तथा निर्देशकहरूलाई कारबाही गरिने तयारी भएको छ । चलचित्र निर्माता तथा निर्देशकहरूले सेन्सर गरिएका दृश्यसमेत राखेर प्रदर्शन गर्ने गरिएको पाएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले निर्माता, निर्देशकहरूले सेन्सर गरिएका दृश्य पनि चलचित्रमा राखेर प्रदर्शन गर्न थालेपछि यस्तो क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताएका छन् । काठमाडौंमा आयोजित चलचित्र ‘लभ सब’ को पत्रकार सम्मेलनमा बोल्दै राईले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले काट्नुु भनेका दृश्य राखेर चलचित्र चलाउँदा अब कडाइ गरिने बताएका छन् । राईले नेपाल सरकारले नै नराख्नु भनेका दृश्य राखेर चलचित्र चलाउने निर्माताले राज्यको नियमलाई अटेर गरिरहेको बताएका छन् ।

केही समयअगाडि चलचित्र ‘एटिएम’ का निर्माताले यस्तै काम गर्दा चलचित्र रोकिएको सम्झाउँदै राईले अब हलहरूमा कडा अनुगमन गर्न लागिएको पनि जानकारी दिए । उनले निर्माताले सेन्सर बोर्डबाट दुःख पाएको खण्डमा कुरा राख्न मिल्ने भन्दै नियम पालना पनि उस्तै गरी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया