सानमारिनो, २० भदौ । कप्तान वाइनी रोनीले कीर्तिमान राखेको खेलमा इंग्ल्यान्ड अर्काे वर्ष फ्रान्समा हुने युरोकप फुटबल प्रतियोगिताको लागि छनोट हुने पहिलो टोली बनेको छ ।
शनिबार राती ‘समुह ई’ अन्तर्गतको सानमारिनो घरेलु मैदान सानमारिनो सेराभाले स्टेडियममा भएको खेलमा सान मारिनोलाई ६–० को फराकिलो अन्तरले पराजित गरेसँगै इंग्ल्यान्ड समूह चरणको बाँकी ३ खेल अगावै युरोकप फुटबलको लागि छनोट भएको छ । ‘समूह ई’ मा रहेको इंग्ल्यान्ड ७ खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ । युरोकप छनोटको अर्को खेलमा इंग्ल्यान्डले मंगलबार स्वीट्जरल्यान्डसँग खेल्नेछ ।
तुलनात्मक रूपमा कमजोर सानमारिनोमाथि खेलको सुरुआतबाटै दबाब सिर्जना गरेको इंग्ल्यान्डले १३औँ मिनेटमा पेनाल्टी गोलबाट खेलमा अग्रता लिएको थियो । बेराडीले इंग्ल्यान्डका जाजेल्कालाई पेनाल्टी एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो जसमा कप्तान वानी रोनीले गोल गरे ।
पेनाल्टीमा गोल गरेसँगै रोनीले बबी चार्लटनको ४९ गोलको कीर्तिमानलाई बराबरी गरेका छन् । यो खेलमा १ गोल गरेपछि वाइनी रुनीले देशका लागि सर्वाधिक गोल गर्ने सर बबी चार्लटनको कीर्तिमानलाई बराबरी गरेका हुन् । चार्लटन र रोनी दुवैले इंग्ल्यान्डका लागि सर्वाधिक ४९ गोल गरेका छन् । यो कीर्तिमान आफ्नो नाममा लेखाउन रोनीलाई १ गोल गरे पनि पर्याप्त बन्नेछ । ३०औँ मिनेटमा सानमारिनोले एक गोल आत्मघाटी उपहार दिए । लुका साको हेडबललाई बरोलीले क्लियर गर्न खोज्दा बलले आफ्नै पोस्टको दिशा लिँदा इंग्ल्यान्डले पहिलो हाफमा २–० को अग्रता बनायो । एकपक्षीय खेलको दोस्रो हाफको सुरुमा नै एलेक्स चेम्बरलेनको क्रसपासमा बार्कलेले हेड गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर पारे । लगातार आक्रमण बुनिरहेको इंग्ल्यान्डले ६८औँ मिनेटमा अर्काे गोल ग¥यो । एलेक्स चेम्बरलेनको स्थानमा ६७औँ मिनेटमा मैदान प्रवेश गरेका थियो वाल्कोटले पावियन डेल्फको क्रसपासमा उत्कृष्ट गोल गरे । ७७औँ मिनेटमा केनले गोल गरे । ७८औँ मिनेटमा वाल्कोटले एकल प्रयासमा गोल गरेपछि इंग्ल्यान्ड ६–० को फराकिलो जित दिलाए । तुलनात्मक रूपमा कमजोर सानमारिनोले भने कुनै पनि इंग्ल्यान्डको पोस्टमा धावा बोल्न सकेन । सान मारिनोले समूह चरणमा खेलेका ७ खेलमध्ये १ खेलमा मात्रै बराबरीको नतिजा निकालेको छ भने बाँकी ६ खेलमा पराजय बेहोरेको छ ।
स्पेन शीर्ष स्थानमा
युरोकप छनोटको खेलमा स्लोभाकियालाई पराजित गर्दै स्पेन ‘समूह सी’को शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनले स्लोभाकियामाथि २–० को जितसँगै समान ७ खेलबाट समान १८ अंक जोडेको स्पेन गोल अन्तरका आधारमा समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको हो । खेलमा स्पेनले पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो ।
स्पेनको जितमा जोर्डी अल्वा र आन्द्रेस इनिस्टाले १–१ गोल गरे । खेलको पाँचौँ मिनेटमा नै स्पेनले जोर्डी अल्वाको गोलबाट अग्रता लिएको थियो । ३०औँ मिनेटमा पाएको डिएगो कोस्टालाई फल गरेपछि स्पेनले पेनाल्टी पायो । जसमा आन्द्रे इनिस्टाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
त्यसपछि दुवै टोलीले पाएको केही मौकालाई गोलमा परिणत गर्न नसक्दा पहिदो हाफमा २–० को अग्रता नै स्पेनको जितमा पर्याप्त बन्यो । यस्तै शनिबार राती नै भएका अन्य खेलमा युक्रेन, रुस र अस्ट्रिया विजयी भएका छन् । युक्रेनलले बेलारुसलाई ३–१ ले पराजित ग¥यो । स्वीट्जरल्यान्डले स्लोभेनियालाई ३–२ ले, रुसले स्वीडेनलाई १–० ले तथा अस्ट्रियाले मल्दोभालाई १–० ले पराजित गरेका हुन् ।
प्रतिक्रिया