काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेको नेपाल चेस संघका सचिव हेराकाजी महर्जनले जनाएका छन् ।
नेपालमा बुद्धिचालको विकास र विस्तार गर्ने क्रममा नेपालमा चेसको गतिविधी एशियामानै उत्कृष्ट भएको ठहर गर्दै नेपाललाई उक्त अवार्डबाट सम्मान गरिन लागेको समेत सचिव महर्जनले जानकारी गराए । आईतबारनै सदस्य सचिव विष्टले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन जान लागेका चेस खेलाडी तथा आर्विटरलाई परिषदमा विदाई गरे ।
ब्रुनाईमा आयोजना हुने एशियन एम्योच्योर चेस च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडीहरुमा धरमबहादुर लामा र भुपेन्द्र निरौला रहेका छन् । प्रतियोगिता ३ देखि १३ सेप्टेम्बरसम्म संचालन हुनेछ ।
त्यस्तै भारतको मित्र राष्ट्र सारन्पुरका सेप्टेम्बर ९ देखि १३ सम्म आयोजना हुने अन्तराष्ट्रिय चेस प्रतियोगितामा सहभागि हुन जाने खेलाडीहरुमा भगवती प्रसाद शर्मा, विलमलाल श्रेष्ठ, जनार्दन श्रेष्ठ, रामचन्द्र देवकोटा, संजय श्रेष्ठ र विक्रम पिया रहेका छन् । प्रतियोगिताको आर्विटरमा उमेश केसी रहेका छन् । (सौस)
प्रतिक्रिया