पुरानै जोडी दोहो¥याउ“दै निर्देशक भूपाल

suman+sushanमोरङ, १९ भदौ । मोफसलका चर्चित निर्देशक भूपाल वान्तवा राईले ‘तिमी मेरोे सरगम’ गीतको म्युजिक भिडियो छायांकन सम्पन्न गरेका छन् । सुमित खड्काको स्वर तथा संगीतमा रहेको गीतको शब्द माधव पोख्रेलले लेखेका हुन् ।

पूर्वका विभिन्न पर्यटकीय स्थलमा सुटिङ गरिएको भिडियोमा युवा पुस्ताका प्रेम, त्याग र समपर्णलाई समेटिएको निर्देशक राईले बताए । निर्देशक राईले यस भिडियोमा पनि पुरानै कलाकार सुमन र सुसनको जोडीलाई अभिनय गर्न लगाएका छन् ।

यसभन्दा अगाडि उनीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा समेत उक्त जोडीलाई दर्शकले अत्यधिक मन पराएको भन्दै कलाकार दोहो¥याउनुपरेको राईले बताए । आगामी दसैँताका रिलिज गर्ने तयारी रहेको म्युजिक भिडियोका लागि निकै मेहनत गरेको भन्दै राईले भने, ‘अन्य भिडियोको तुलनामा उत्कृष्टता दिनका लागि कुनै पक्षमा मैले सम्झौता गरेको छैन ।’

प्रतिक्रिया