डाक्टर बुलन्द थापालाई करातेकर्मीको सम्मान

bulandकाठमाडौं । कराँते खेलाडीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्राडा बुलन्द थापालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

थापाले लामो समयदेखि नेपाली खेल जगतमा समेत योगदान गर्दै आएका छन् । उनी ०४२ सालदेखि ०४६ सालसम्म काजमा खेलकुद क्षेत्रमा खटिएका थिए । त्यसपछि उनले नेपाली खेलकुदको स्वास्थ्य क्षेत्रमा कन्सल्ट्यान्ट डाक्टरका रूपमा काम गर्दै आएका छन् । उनी दक्षिण एसियाली खेलकुद प्रतियोगिता, एसियाली खेलकुद प्रतियोगितालगायत थुप्रै प्रतियोगितामा नेपाली टोलीको मेडिकल टिमको नेतृत्व गर्दै सहभागी भएका थिए ।

थापालाई दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता तथा हाल राष्टिय टिमका प्रशिक्षकसमेत रहेका कुशल श्रेष्ठसहित एघारौँ सागका स्वर्ण विजेता सुनील लामा, पर्शुराम बास्तोला, जनकसिंह खड्का, तारा गुरुङ, राम लामा, शेखर थपलिया, सिमोन केसीलगायतका कराँते खेलाडी तथा प्रशिक्षकहरूले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए । डा. थापा यसअघि ०६७ चैतदेखि ०७१ असारसम्म वीर अस्पतालका कार्यकारी निर्देशक थिए । (सौस)

प्रतिक्रिया