काठमाडौं । नेरिक स्कुलको दुवै टिम १५औँ विल्सन हुप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा शुक्रवार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिनियर ब्वाइजमा अंकित भण्डारीको सर्वाधिक २३ स्कोरको मद्दतमा नेरिकले माउन्ड कैलासलाई ६५–४१ ले हरायो । जुनियरतर्फको खेलमा नेरिकले ह्वाइटफिल्डलाई २८–११ ले हराउँदा दीपक आलेमगरले सर्वाधिक ९ स्कोर गरे । सिनियर ब्वाइजमै हिम्सले हिमालयनलाई ६२–४१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । हिम्सका तेन्जिङ थप्केले २७ स्कोर गरे । त्यसैगरी जुनियर ब्वाइजमा रुपिजले विस्डनलाई २२–१४ले हराउँदै सेमिफाइनलमा प्रवेश ग¥यो । रुपिजका दिवस अधिकारीले १३ स्कोर गरे ।
बाफलस्थित वल्सन एकेडेमीको कोर्टमा भएको सिनियर गल्र्सको क्वाटरफाइनलमा जित निकाल्दै भ्याली पब्लिक, एचएचसिए, श्रीदेवा र न्युभिजन अन्तिम चारमा पुगे । भ्याली पब्लिकले ब्रिटिसलाई ३६–९ ले हराउँदा प्रतिक्षा मगरले १४ स्कोर गरे । एचएचसिएले बाबालाई ३६–३३ ले हराउँदा सुशीला तामाङले १६ स्कोर गरिन् । मनिषा गुरुङको ८ स्कोरको मद्दतमा न्यु भिजनले मल्पीमाथि २३–२२ को रोमाञ्चक जित निकाल्यो । श्रीदेवाले टिआइएलाई ३८–२८ ले हरादा रिता शेर्पाले १५ स्कोर गरिन् । (सौस)
प्रतिक्रिया