काठमाडौं । चौथौ पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्ट शुक्रबारबाट सुरु भयो । छात्र जुनियरतर्फ स्विसलिग ५ राउन्डको खेलमा पायोनियरका अनिल लामा प्रथम, सम्पूर्णराज न्यौपाने द्वितीय र विजय लामा तृतीय भएका छन् ।
त्यसैगरी छात्र सिनियरतर्फ अन्नपूर्णका मिलन लामा, पायोनियरका विराज पुडासैनी, महांकालका विकास बस्नेत क्षेत्री, ग्रिनल्यान्डका सुसन गौतमलगायतले दुवै खेल जितेर अग्रस्थानमा रहेका छन् । छात्रातर्फ महांकालकी सुरुची थिङ, ग्रिनल्यान्डकीे सुजाना लोहनी, पायोनियरकी संगीता कार्की, अन्नपूर्णकी आकृति पाण्डे र रेमी महर्जन अग्रस्थानमा रहेका छन् ।
त्यस्तै प्रथम बूढानीलकण्ठ नपा खुल्ला चेस टुर्नामेन्टतर्फ तेस्रो राउन्डको खेल सम्पन्न भएका छन् । जसमा पायोनियर चेस क्लबका सुदीप तामाङ र ग्रिनल्यान्डका सुरज लोहनीले समान ३ अंक हासिल गरेका छन् ।
यसअघि नेपाल खेलकुद महासंघका उपाध्यक्ष कुमार ओझा र काठमाडौं जिखेबिसका अध्यक्ष ध्रुवराज न्यौपानेले संयुक्तरूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा २५ स्कुलका १ सय २ खेलाडी सहभागी छन् । (सौस)
प्रतिक्रिया