महोत्तरी । एमाओवादीको भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)को जनआन्दोलन परिचालन समितिले जलेश्वरमा बिहीवार आयोजना गरेको कोणसभा स्थानीय मधेसी युवाले बिथोलेका छन् ।
स्थानीय मधेसी युवाले एमाओवादी पार्टी मधेस विरोधी रहेकाले सो पार्टीलार्ई कार्यक्रम गर्न नदिने भन्दै विवाद गरेपछि कार्यक्रम बिथोलिएको हो । सो संगठनका केन्द्रीय अध्यक्ष रामकुमार शर्माले जलेश्वरको महेन्द्र चोकमा कोणसभालार्ई सम्बोधन गरी रहँदा मधेसी युवाले सभाको विरोध गर्न थालेपछि कार्यक्रम बिथोलिन पुगेको थियोे । विरोध गर्ने युवाले मोर्चाका नेतालार्ई एमाओवादीकोे झन्डा त्यागेर मधेस आन्दोलनमा आउन आह्वान गरेका थिए । यसअघि एमाओवादीको पार्टी कार्यालयबाट सुरु भएको मोर्चाको जुुलुसले जलेश्वर नगर पालिकाको विभिन्न भागको परिक्रमा गरेका थियो । (सौस)
प्रतिक्रिया