सिन्धुपाल्चोक, १७ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले जिल्लाका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरेका छन् ।
बिहीबार भएको भूकम्पपश्चात् स्वास्थ्य गतिविधिको सार्वजनिक तथा सहयोगी संस्थाहरूलार्ई सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूकम्प र त्यसपछिका ठूलठूला पराकम्पनबीच यस जिल्लाका कर्मचारीले विकट गाउँहरूमासमेत गएर उपचार सेवा गरेको भन्दै स्वास्थ्यकर्मीको प्रशंसा गरेका हुन् ।
मन्त्री अधिकारीले जिल्लामा ३५ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका स्थानमा तत्काल दरबन्दी पूरा गर्न निर्देशन दिएका छन् । लामो समयदेखि जिल्लाको सो दरबन्दी पूरा नभएको र कामकाज गर्न समम्या भएको जानकारी मन्त्रीलार्ई गराएपछि मन्त्रीले काम गर्ने कर्मचारीलार्ई सम्मान र नगर्ने कर्मचारीलार्ई कारबाही गर्नुपर्ने भन्दै सो कुरासमेत बताएका हुन् । नारायणी क्षेत्रिय अस्पतालमा आक्रमण भएकोप्रति दुःख व्यक्त गर्दै उनले भने ‘डाक्टरको कुनै जात र धर्म हुँदैन, धनी र गरिब हुँदैन , विदेशी र स्वदेशी हँुदैन उनीहरूलार्ई आक्रमण गर्नु गम्भीर गल्ती हो ।’ मनोरञ्जनसहितको सो कार्यक्रममा स्वास्थ्य सहयोगी देशी तथा विदेशी संघ संस्थाहरूलाईसमेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया