दोलखा । भूकम्पपछि पुनर्निर्माण र पुनः स्थापनामा जुटेका गैरसरकारी संघ, संस्थालार्ई पारदर्शी र जवाफदेही बन्न नागरिकले आग्रह गरेका छन् ।
गैरसरकारी संघ, संस्थाको आचारसंहितबारे छलफल गर्न बिहीबार सदरमुकाम चरिकोटमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोगमा हुराडेक नेपाल र कालिञ्चोक एफएमले आयोजना गरेको नागरिक बहस कार्यक्रममा पारदर्शी ढंगले काम गर्न गैरसरकारी संस्थालार्ई आग्रह गरिएको हो । कर्मचारी र स्वयंमसेवक नियुक्ति र कार्यक्षेत्र छनोट गर्दा पारदर्शिता अपनाउन सरोकारवालाले जोड दिएका छन् ।
भूकम्पपछि जिल्लालार्ई कार्यक्षेत्र बनाई भित्रिएक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आपूmखुसी कार्यक्रम सञ्चालन गरेको भन्दै त्यसलार्ई रोक्नुपर्ने गैसस महासंघ दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले बताए । कार्यक्रममा मोक्तानले केही अन्तर्राष्ट्रिय गैससले राजधानीबाटै स्थानीय साझेदार संस्था ल्याउने गरेको भन्दै जिल्लामै दर्ता भएको गैससलार्ई साझोदार बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ र समाज कल्याण परिषद्ले गैरसरकारी संस्थाका लागि तयार पारेको आचारसंहिताबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आपूm मातहतका संघ संस्थाले गर्ने गतिविधि पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । (सौस)
प्रतिक्रिया