काठमाडौं, १७ भदौ । महिला पत्रकारको सझा संस्था सञ्चारिका समूहले पत्रकार महिला सुरक्षा निर्देशिका सार्वजनिक गरेको छ । युनेस्कोको आर्थिक सहयोगमा तयार पारिएको सो निर्देशिकाको सूचना तथा सञ्चारमन्त्री मीलेन्द्र रिजालले विमोचन गरेका हुन् ।
निर्देशिका विमोचन गर्दै मन्त्री रिजालले भने, ‘पत्रकारले तथ्यमा आधारित भएर समाचार प्रसारण र प्रकाशन गर्न कहिल्यै भुल्नुहुँदैन । पत्रकारिता गर्नु गाह्रो काम हो, अझ महिला पत्रकारलार्ई यो पेसामा धेरै चुनौती छ । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ मन्त्री रिजालले मन्तव्यको क्रममा भने, ‘समाजमा महिलालाई हेर्ने दृष्टि खोटपूर्ण रहेकाले त्यसलाई चिर्दै अगाडि बड्न महिला पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्राकर महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट, सूचना आयुक्त योशोदा तिमल्सेना, न्यूनतम तलब निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालल, सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतलगायतले निर्देशिकामा आप–आफ्नो धारण राखेका थिए ।
निर्देशिका प्रति धारणा राख्ने वक्ताहरूले निर्देशिका प्रकाशन गरेकामा सञ्चारिका समूहलाई धन्यवाद दिँदै प्रशंसा गरे । सञ्चारिका समूहले निर्देशिका प्रकाशन गरेर राम्रो काम गरेको भन्दै यो महिला पत्रकारका लागि मात्र होइन, सिंगो पत्रकारिता गर्ने व्यक्तिहरूका लागि उपयोगी सामग्री भएको बताए । पत्रकार महिलाले काम गर्दा भोगेका समस्याबारे निर्देशिकाले धेरै कुरा उठाएको छ । वक्ताहरूले भने महिला पत्रकारले भोगेको समस्या मात्र होइन, हिंसा गर्नेहरू कतिलाई करबाहीको दायरामा ल्याइयो त्यो पनि सार्वजनिक हुनुपर्ने बताइए । निर्देशिकामा महिला पत्रकारका, समस्या, चुनौतीलगायतका कुरा समेटिएका छन् ।
प्रतिक्रिया