काभ्रे । काभ्रे जेसिज, काभ्रे महिला जेसिज र बनेपा जुनियर जेसिजले संयुक्त रूपमा आयोजनामा बर्ष ०१५ को ‘समुदायमा जेसिज कार्यक्रम’ सोमबारबाट सुरु भएको छ । कार्यक्रमअन्तर्गत प्रभावकारी भाषण तालिम, भदौ १६ स्व. रामभक्त स्मृति वतृत्वकला, भदौ २९ गते बनेपा नगरव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता वक्तृत्वकला, टेबल टेनिस प्रतियोगिता, म्याराथन र भूकम्प प्रभावित विद्यालयलको लागि जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको मुख्य संयोजक एवं काभ्रे जेसिजका कार्यकारी उपाध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन भएको प्रभावकारी भाषण तालिममा विभिन्न विद्यालयका विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ८० जनाले तालिम लिएको कार्यक्रम संयोजक उमेश मानन्धरले जानकारी दिए । काभ्रे जेसिजका पूर्वअध्यक्ष इन्द्रनारायण भैलले तालिम दिएका थिए । प्रमुख प्रशिक्षक भैल, नेपाल जेसिजका तालिम आयुक्त सिनेटर प्रकाश श्रेष्ठ, काभ्रे जेसिजका तालिम संयोजक नरेशशंकर प्रधानांगलगायतले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । (सौस)
प्रतिक्रिया