एमालेले मोर्चाका नेताहरूलाई बोलायो

uml_officeकाठमाडौं, १५ भदौ । संविधान निर्माण गर्ने क्रममा विकसित घटनाक्रमको बारेमा एमालेको धारणाबारे स्पष्ट पार्न बुधबार मोर्चा संगठनलाई बोलाएको छ । संविधान निर्माण गर्ने अवस्थामा देशमा हिंसात्मक गतिविधि बढ्न थालेपछि एमालेले मोर्चासँग सम्बद्ध नेता तथा कार्यकर्ताहरूलाई वोलाएको हो ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको सबालमा पार्टीको आधिकारिक धारणा राख्ने र त्यही धारणालाई सबैले मान्न निर्देशन दिने भएका हुन् । संविधान निर्माणका वेला पार्टीका कार्यकर्ता अन्यमा नबहकिउन र पार्टीकै आधिकारिक धारणाबाट विचलन नहुनका लागि भेला बोलाइएको प्रचारविभाग उपप्रमुख सूर्य थापाले जानकारी गराए । उनका अनुसार भोलि पार्टी मुख्यालय धुम्बाराहीमा बिहान साढे ११ बजे सबै मोर्चा संगठन नेता तथा कार्यकर्तालाई वोलाइएको छ ।

भेलामा अध्यक्ष ओलीले संविधान निर्माणमा अहिलेसम्म भएका प्रगति, एमालेले खेलेको भूमिकालगायत विषयमा निर्देशन दिनेछन् ।

प्रतिक्रिया