सुतलीबम विष्फोट अभियोगमा पाँचजना पक्राउ

विराटनगर, ९ भदौ । विराटनगरस्थित भारतीय राजदूतावासको इकाइ कार्यालय नजिकको सडकमा मंगलबार राति सुतलीबम विष्फोट गराएको अभियोगमा बुधबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उक्त घटनाको अभियोेगमा पक्राउमा एक महिलासहित पाँच जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूउपर अनुसन्धान भइरहेको र निर्दोष देखिएमा रिहा गरिने बताइएको छ ।

राजदूतावासको इकाइ कार्यालय विराटनगर–१७ स्थित मलायरोडमा पर्दछ । दुई दिन अघि सोही मार्गमा पर्ने एमएम प्लास्टिक उद्योगको परिसरमा सोही प्रकृतिका सुतलीबम विष्फोट भएको थियो ।

प्रतिक्रिया