तेक्वान्दो टोली मलेसिया प्रस्थान

taek photoकाठमाडौं । चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ । उक्त च्याम्पियनसिपमा मलेसियाको सारावाकस्थित कुचिङमा २२ र २३ अगस्टमा सञ्चालन हुनेछ । त्यसमा समान २–२ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषको ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४९ केजीमुनि अस्मिता खड्का र ४६ केजीमुनि काजल श्रेष्ठले चुनौती प्रस्तुत गर्नेछन् । अस्मिता र सुबोधले एकल पुम्सेका साथै पेयर पुम्सेमा पनि भाग लिने बताइएको छ ।

प्रशिक्षकमा कुमार लामा घिसिङ र सरोज बास्तोला, व्यवस्थापकमा नन्दा बस्याल तथा निर्णायकमा नोर्बु लामा रहेका छन् ।

सो अवसरमा तेक्वान्दोका १० पटकका पूर्वराष्ट्रिय च्याम्पियन एवं विश्वविद्यालय खेलकुद संघ नेपालका सदस्य महेन्द्र तामाङ (शंकर) ले नेपाली टोलीलाई टिसर्ट प्रायोजन गरेका थिए । तामाङले कूल १५ हजार मूल्य बराबरको टिसर्ट प्रायोजन गरेको बताइएको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे । (सौस)

प्रतिक्रिया