पत्रकार धमलामाथि आक्रमण

काठमाडौं । रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलामाथि नेकपा माओवादीलगायतका दलका कार्यकर्ताले आइतबार आक्रमण गरेका छन् ।

धमला सवार गाडीमा बन्दकर्ताहरूले आक्रमण गरेको घटना प्रति देशभरीका शाखाहरूले भत्र्सना एवं विरोध जनाएका छन् । नेपालवाणी रेडियो नेटवर्कको लागि वाणीबहस कार्यक्रम सञ्चालन गरेर क्लबको कार्यालय भृकुटीमण्डप फर्कने क्रममा उनी सवार वा ५ च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका थिए । आक्रमणको प्रेस सम्बद्ध संस्थाहरूले भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । (सौस)

प्रतिक्रिया