काठमाडौं, ३० साउन । आज (शनिबार) बिहान ताप्लेजुङ केन्द्रबिन्दु भएर नयाँ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ताप्लेजुङको तेल्लोक आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको नयाँ भूकम्प गएको हो । यसअघि बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछि पनि देशका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर स–साना नयाँ भूकम्प गइसकेका छन् भने चार रेक्टरस्केलमाथिका ३७६ ओटा पराकम्प गइसकेका छन् ।
यसैबीच आज बिहान पनि दोलखा केन्द्रबिन्दु भएर अर्को पराकम्प गएको छ । बिहान १० बजेर १० मिनेट जाँदा ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको हो ।
प्रतिक्रिया