बर्दिया, २६ साउन । चार दलका शीर्ष नेताले गरेको ६ प्रदेशको संघीयताको सीमांकनप्रति विरोध गर्दै मंगलबारबाट अनिश्चितकालीन बर्दिया बन्द गरिएको छ ।
थरूहट तराई पार्टी नेपाल, मधेसीजनाधिकार फोरम (लोकतान्त्रिक), बरघर महासंघ र थारू कल्याणकारी सभालगायतका राजनीतिक दल तथा थारू संघ-संस्थाहरूले संयुक्त रूपमा बर्दिया बन्दको आयोजना गरेका हुन् ।
उनीहरूको बन्दका कारण बर्दियाको सदरमुकाम गुलरियालगायत मुख्यबजारहरू सानोश्री, भुरीगाउँ, मैनापोखर, बाँसगढी, राजापुरलगायतका बजारहरू पूर्णरूपमा बन्द छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरू ठप्प रहेको छ । विद्यालय र कलकारखाना पनि बन्द रहेका छन् ।
चार दलीय सहमतिले आफ्नो निहित राजनीतिक अभिष्टलाई पूरा गर्नका लागि फेरि पनि थरूहट भूमिलाई टुक्राटुक्रा पारी सदियौंदेखि राज्यसत्ताबाट बहिष्करणमा पारिएका आदिवासी थारू, जनजातिहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र गरेको भन्दै उत्तर दक्षिण, हिमाल, पहाड, थरूहट÷तराई जोडेर बनाएको प्रदेशको संरचनाप्रति रत्तिभर पनि सहमत नभएको र तत्काल सहमति नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।
नेपाली जनताले गरेका जनआन्दोलन, सशस्त्र जनयुद्ध, थरूहट, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक आदि आन्दोलनको मूल मर्म, उपलब्धि एवं सम्झौतालाई कुल्चँदै अगाडि बढेको आरोप लगाएको छ ।
ऐतिहासिक थरूहट भूगोल पश्चिम कैलाली, कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिम र पूर्वका मोरङ, सुनसरी झापाको थरूहट भूमिलाई छुट्याएर कुनै पनि हालतमा अन्यत्र गाभ्न नहुने थारू कल्याणकारीसभा बर्दियाका अध्यक्ष गोविन्दप्रसाद थारूले बताए । कञ्चनपुरदेखि चितवनसम्मको थरूहट भूमि थरूहट स्वायत्त प्रदेश बनाउन पर्ने । त्यसैगरी पर्सादेखि धनुषासम्म मध्य तराई÷सिम्रौनगढ र सिरहादेखि झापासम्म पूर्वी थरूहट कोचिला प्रदेश बनाउनुपर्ने भन्ने आपूmहरूको माग रहेको संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका अध्यक्ष
थारूले बताए ।
प्रतिक्रिया