सुर्खेत अपडेट : प्रहरीको गोली लागेर टिकाराम गौतमको मृत्यु

पछिल्लो अपडेटअनुसार सुर्खेतमा अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने १७ प्रर्दशनकारी घाइत भएका छन् । घाइतेमध्येका दुई गम्भीर अवस्थाकालाई काठमाडौं ल्याइदैछ ।

 

धमला चोकमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने प्रदर्शनकारी वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतम भएको बताइएको छ । अर्का एकजनाको अझै परिचय खुल्न सकेको छैन ।

cover
– सुर्खेतमा प्रदर्शन अराजक बनेपछि दिउसो १ः१५ बाट कफ्र्यु लगाइयो ।
– प्रदर्शकारीले कफ्र्यु अवज्ञा गरेपछि प्रहरीद्वारा सय राउण्ड गोली र त्यति नै अस्रुग्यास फायर ।
– प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु । शब जिल्ला प्रहरी कार्यालयमा ल्याइयो, अझै परिचय खुल्न सकेको छैन ।
– झडपमा अहिलेसम्म ६ प्रदर्शनकारी र १० प्रहरी घाइते । पाँच प्रहरीको अवस्था गम्भीर । घाइते प्रदर्शनकारीको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।
– पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी । उनको दुईवटा बस र दुईवटा बोलेरो जीप जलेर पूर्णध्वस्त ।

प्रतिक्रिया