रहेनन् राजेश्वर देवकोटा

rajeshwor_devkotaकाठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता तथा साहित्यकार राजेश्वर देवकोटाको निधन भएको छ । ८६ वर्षका देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी पछिल्लो समय निमोनियाबाट पीडित थिए ।
वि.सं १९८६ असोज २३ गते गोरखामा जन्मिएका देवकोटा २०१९ सालमा शिक्षा मन्त्री र २०२२ सालमा भूमिसुधार सहायकमन्त्रीसमेत बनेका थिए । उनी तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत बनेका थिए ।
उनी साहित्यकार पनि हुन् । उनले ‘मदन’ र ‘साझा’जस्ता प्रतिष्ठित पुरस्कारसमेत पाएका छन् ।
उनको पार्थिव शरिरलाई विहान ११ बजे प्रज्ञाभवन कमलादीमा श्रद्धाञ्जलीका लागि राख्ने र पशुपतिस्थितमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया