एकाएक तनाबपूर्ण बन्यो सुर्खेत

काठमाडौं । भेरी र कर्णाली अञ्चललाई चारदलले अघि सारेको ६ प्रदेशको सिमांकनमा सुदूरपश्चिमा सुपमा गाँभेको विरोधमा ‘अखण्ड मध्यपश्चिम’ माग्दै सुर्खेतमा जनता सडकमा उत्रिएका छन् । स्वतःस्फुर्त जनता सडकमा आएपछि आन्दोलन आक्रामक बनेको छ । प्रदर्शकारीले कांग्रेस, एमाले र एमाओवादीका पार्टी कार्यालमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले सुर्खेतबाट तीननै दलका सभासद्, स्थानीय नेता–कार्यकर्तालाई समेत लखेटेका छन् । प्रदर्शनकारीले विजय कुमार गच्छदारका पार्टीका कोही नेता–कार्यकर्ता भेटिए उनीहरुलाई समेत लखेट्ने भन्दै खोजिरहेका छन् ।
हाम्रा संवाददाता सुशील खड्काका अनुसार त्यहाँ स्वतःस्फुर्त रुपमा १० औँ हजार मानिस प्रदर्शनमा सहभागी छन् । कसैले नेतृत्व नगरेकाले प्रदर्शन आराजक बन्नसक्ने खतरा रहेको बताइएको छ ।

प्रतिक्रिया