वैदेशिक रोजगारीमा वार्षिक ७३ करोड ठगी

badeshik_bibhajकाठमाडौं, २४ साउन । वैदेशिक रोजगारीका नाममा एक वर्षमा ७३ करोड ३९ लाख पाँच हजार आठ सय ३० रुपैयाँको ठगी भएको छ ।
विभागमा एक वर्षमा दुई हजार ६ यस ७९ उजुरीमा उक्त रकम दाबी गरिएको विभागको तथ्यांकमा उल्लेख छ । दुई हजार ६ यस ७९ उजुरीमध्ये एक सय २३ उजुरीको बिगो भराएको छ । जसको दाबी बिगो मध्ये पाँच लाख नौ हजार नौ सय रुपैयाँ रहेको उल्लेख छ । विभागमा परेको उजुरी मध्ये ६ सय ६३ उजुरीको फरफारक भएको छ । जसमध्ये एक सय ६६ वटा मुद्दा अदालतमा दायर भएको छ । अदालतमा दायर भएको मुद्दामो बिगोदाबी २८ करोड नौ दुई लाख ४३ हजार आठ सय ४६ रुपैयाँ रहेको छ । सो अवधिमा विभागले निर्णय गरेर पीडितलाई १५ लाख रुपैयाँको जरिवाना भराएको छ ।
विभागमा परेको उजुरीको संख्या व्यक्तिगतभन्दा संस्थागत (म्यानपावर) उजुरी बढी रहेको छ भने संस्थागतको तुलनामा व्यक्तिगतमा बढी बिगोदाबी रहेको छ । विभागमा आउने उजुरीमा संस्थागततर्पm म्यानपावर व्यवसायीले कामदारलाई भनेको समयमा विदेशमा नपठाएको, राहदानी होल्ड गरेको, पैसा बढी लिएको, विदेशमा गएर भनेको काम, सेवा तथा सुविधा नपाएको, तोकेको तलब नभएको जस्ता उजुरी आउने गरेका छन् । उक्त उजुरीमा मलेसियाका लागि ८० हजार कतारका लागि २० हजार र अन्य खाडी देशमा लागि ७० हजार रुपैयाँको उजुरी आउने गरेको विभागका अधिकारीको भनाइ छ । व्यवसायीले उल्लिखितभन्दा बढी शुल्क लिए पनि यसअघि सरकारले तोकेको सिलिङ अनुसार रसिद दिने गरेको कारण कामदारले धेरै रकम तिरे पनि थोरै रकमको उजुरी आउने गरेको विभागका उजुरी तथा अनुसन्धान शाखाका निर्देशक उमाकान्त पौडेलेका भनाइ छ । यस्तै व्यक्तिगततर्पm ढुकुटी, व्यक्तिगत लेनदेन, कन्सल्टेन्सीले विदेशमा रोजगारी दिलाउने भन्दै ठग्ने, जग्गा खरिद बिक्रीलगायतका उजुरी आउने गरेका बताइन्छ । जसमा संख्या थोरै भएको पनि बिगोदाबी बढी हुने गरेको छ । व्यक्तिगत लेनदेनलाई वैदेशिक रोजगारीको कागज बनाएर विभागमा उजुरी आउने गरेको विभागका अधिकारीको भनाइ छ ।
एक वर्षमा संस्थागततर्पm एक हजार नौ सय ६ वटा उजुरी परेको छ । जसमध्ये २६ करोड २७ लाख ९६ हजार सात सय ४७ रुपैयाँ बिगोदाबी गरेको छ । विभागले पीडितलाई चार करोड ६० लाख २६ हजार नौ सय रुपैयाँ बिगो भराएको छ । विभागमा परेको संस्थागत उजुरी मध्ये ८१ वटाको फरफारक भएको छ ।
यस्तै व्यक्तिगततर्पm गत आवको एक वर्षमा सात सय ७३ वटा उजुरी परेको छ । विभागमा परेको उक्त उजुरीमा ४७ करोड ११ लाख नौ हजार ८३ रुपैयाँको बिगोदाबी गरिएको थियो । विभागमा परेको उक्त बिगोदाबीमा सात करोड ७४ लाख ८३ हजार रुपैयाँ पीडितलाई बिगो भराएको छ । विभागमा परेको उक्त उजुरीमा ७४ उजुरी फरफारक भएको छ भने एक सय ६५ उजुरीको अदालतमा मुद्दा दायर भएको छ । एक सय ६५ उजुरीको २८ करोड ९२ लाख ४३ हजार आठ सय ४६ रुपैयाँको बिगोदाबी गरिएको छ । २१ असारदेखि सरकारले फ्रि भिषा, फ्रि टिकटमा कामदार पठाउने निर्णय गरेदेखि संस्थागत उजुरी घटने विभाग स्रोतको भनाइ छ ।

प्रतिक्रिया