अमेरिकी संसदमा नेपालसम्बन्धी विधयेक

america_cinetकाठमाडौं, २३ साउन । भूकम्पको विनाशपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्ने ऐन बनाउन अमेरिकी संसद्मा विधेयक दर्ता भएको छ । सिनेटर बेन कार्डिन (डेमोक्र्याटिक पार्टी) र मार्क क्रिक (रिपब्लिक पार्टी) ले सिनेटमा नेपाल पुनर्निर्माण विधेयक पेस गरेका हुन् ।
‘प्राकृतिक विपत्तिका बेला सबै देशलाई अमेरिकाले सहयोग गरेको इतिहास छ’ सिनेटर कार्डिनलाई उद्धृत गर्दै अनलाइन न्युज सेतोपाटी ग्लोबलले जनाएको छ । ‘हाम्रा सद्भावका शब्द काममा परिणत हुनपर्छ । यो विधेयकले भूकम्पले क्षति भएको नेपाललाई तंग्रिन ठूलो सहयोग पुग्नेछ’, कार्डिनले भने । अर्का सिनेटर क्रिककाअनुसार दुई पार्टीले संयुक्त रूपमा प्रस्ताव गरेको यो विधेयकले नेपाली जनतालाई देश निर्माणमा शसक्त पार्नेछ ।‘
मानवीय सहयोगमा सधैँ अमेरिकाले नेतृत्वदायी भूमिका खेल्ने भएकाले हामीले यो विधेयक बनाएका हौँ, यो विधेयकले समृद्ध र स्वतन्त्र नेपाल निर्माणमा अमेरिकाले गरेको वाचा नभुलेको प्रस्ट पार्छ’, उनले भने । विधेयकमा नेपाललाई आगामी ३ वर्षसम्म ठूला संरचना, विद्यालय र स्वास्थ्य चौकी बनाउन आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ । विधेयकमा आर्थिक वर्ष २०१६ मा २०० मिलियन डलर अर्थात् २० अर्ब रुपैयाँ, २०१७ मा २० अर्ब र २०१८ मा १० अर्ब गरी तीन वर्षमा ५ सय मिलियन डलर अर्थात् ५० अर्ब रुपयाँ नेपाललाई उपलब्ध गराउने उल्लेख गरिएको पनि कार्डिनले जानकारी दिए ।
सिनेटर कार्डिनले ऐनले सबै दातृ निकायलाई नेपालको पुनर्निर्माणमा पारदर्शी रूपमा सहयोग गर्न प्रोत्साहन दिने बताए। विधेयकले भूकम्प प्रभावित केही जिल्लामा मात्र नभई नेपाल भरी नै संरचना निर्माण सहयोग गर्ने बताए । अमेरिकी कांग्रेसले विधेयक पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेमा यो कानुन बन्नेछ । सिनेटको वैदेशिक सम्बन्ध समितिमा म पनि रहेकाले ऐनको कार्यान्वयनका लागि पहल हुनेछ ।

प्रतिक्रिया