नारायणी किनारलाई पर्यटकीय क्षेत्र बनाइने

चितवन, १८ साउन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । पर्यटकीय क्षेत्र नबन्दै यस क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढेपछि उद्योग वाणिज्य संघ चितवन सो अभियानमा लागेको हो । सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने भएकाले अहिले आन्तरिक पर्यटकको दैनिक भीड हुने गरेको छ ।
सुन्दर दृश्यावलोकनसमेत गर्न सकिने र स्वच्छ वातावरण भएकाले अहिले संरक्षण र प्रवद्र्धन गर्न लागिपरेको उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले बताए । नारायणी किनार प्रदर्शनी मैदानलाई पर्यटकीय क्षेत्र बनाउनका लागि चितवन महोत्सवबाट आएको आम्दानीको केही अंश किनार संरक्षणमा समेत लगाइने भएको छ । नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हालै मात्र सौर्यबत्ती जडान गर्ने कार्यसमेत सकिएको प्रधानले बताए । किनारमा अहिले ४५ वटा बत्ती लगाइएको छ ।
भरतपुर उपमहानगरमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र पर्यटन विभागको सहयोगमा ४६ लाख रुपैयाँमा ४३ हजारको लागतमा सोलार बत्ती राख्ने कार्य सम्पन्न भएको किनार क्षेत्रको व्यवस्थापन हेर्दै आउनुभएका वरिष्ठ उपाध्यक्ष प्रधानले बताए । किनार व्यवस्थित भए यहाँ दैनिक तीन हजार बढी पर्यटक भित्र्याउन सकिने आँकलन गरिएको छ । अहिले पनि दैनिक सयौँ पर्यटक किनारमा आउने र मनोरञ्जन लिने गरेका छन् । संघका अनुसार उपमहानगरले अभैm स्वामित्वको विषयमा कुनै पहल नगरेकाले प्रभावकारी काम नभए पनि उवासंघले आपैmँ पहल गरेर पार्किङ व्यवस्थापन तथा संरक्षणको कार्य गरिरहेको छ । जिल्लामा एउटा पनि सुविधायुक्त प्रदर्शनी मैदान नभएकाले नारायणगढको पुलचोकदेखि दियालो भवनसम्मको क्षेत्रको संरक्षण गरी देशकै उत्कृष्ट प्रदर्शनी मैदान र पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक स्थलका रूपमा रहेको छ ।

प्रतिक्रिया