अवकासपछिको कुनै योजना छैन

lilamani_2केही दिनपछि अवकाश पाउँदै हुनुहुन्छ । मुख्य सचिवको रूपमा यो तीन वर्षे कार्यकाललार्ई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यो कुनै कार्यकारी पदभन्दा पनि समन्वय र सहजकर्ताको भूमिका खेल्ने पद हो । मन्त्रिपरिषद् र संवैधानिक परिषद्को बैठक सञ्चालन गर्ने र निर्णयहरू प्रमाणीकरण गर्ने खालको पद हो । यो कुनै मन्त्रालयको जस्तो कार्यकारी पद भएको भए वार्षिक लक्ष्य, उपलब्धि अनि भौतिक प्रगति, वित्तीय प्रगतिका कुरा हुन्थे । राजनीतिक प्रणाली मातहत बस्ने भएकाले राज्यले गरेका निर्णयलार्ई कार्यान्वयन गर्नलार्ई सघाउने हो यसले अर्थात् सहजकर्ताको भूमिका खेल्ने हो । त्यो भूमिका निर्वाह गर्ने कुरामा मैले कहीँ कतै केही कसर बाँकी राखेजस्तो लाग्दैन । मुख्य कुरा के हो भने मुख्यसचिवको रूपमा तीन वर्ष बिताउँदा मैले एक मिनेट पनि खेर फालिनँ, सबै समय सदुपयोग गरेँ । आफ्ना कामलार्ई फर्केर हेर्दा मैले भन्ने यति नै हो । बाँकी कामको मूल्यांकन गर्ने अरूले हो ।

मुलुक हाँक्ने प्रधानमन्त्री, मन्त्री र सचिवहरूसँग काम गर्नु समन्वयकारी मात्रै हो त ?
निजामती सेवा ऐनले त त्यति पनि भूमिका दिएको छैन । यो समन्वयकारी भूमिका पनि सुशासन ऐन र कार्यसम्पादन नियमावलीले दिएको हो । अनि संवैधानिक परिषद्सम्बन्धी ऐन र नियमावलीले मुख्यसचिवलार्ई केही भूमिका दिएको छ । निर्णायक भूमिकाका लागि यो पद होइन । कानुनले त्यस्तो व्यवस्थै गरेको छैन । मुख्यतः यसलार्ई तीनवटा पाटोबाट हेर्नुपर्छ जस्तो लाग्छ– निजामती सेवा, सार्वजनिक सेवा र सहजकर्ता । यी तीन भूमिकामा मैले भ्याएसम्म कहीँ कतै त्रुटि नगरी जिम्मेवारी निर्वाह गरेँ ।

मुख्य सचिव सेरेमोनियल हो ?
यो पदमा बसेर ढक–ढक कार्यकारी अधिकारवाला प्रधानमन्त्री वा मन्त्रीले जसरी निर्णय किन लिइनस् भन्न मिल्ने कुरा होइन । कुनै पनि एजेन्डा मन्त्रीले तयार पारेर मन्त्रिपरिषद्मा पु¥याउँछन् । निर्णयमा मुख्य सचिवको भूमिका हुँदैन भनेको मात्र हो । मुख्यसचिवले पहल गर्दा केही फरक पर्नसक्छ । बागमती सफाइ अभियानलार्ई हेर्नोस् । हाम्रो सभ्यता, संस्कृति संरक्षणमा सानै भए पनि त्यसले एउटा अभियानको रूप लिनपुग्यो । राजनीतिक दबाब झेल्नुपर्ने विषय चौतर्फी छन् । यातायातमा सिन्डेकेटका कुरा छन् । अहिले दश लाख किसानले उखुको मूल्य पाएका छैनन् । उद्योगीहरू दलका संगठनमा आबद्ध छन् । निर्माण व्यवसायी दलको बिल्ला भिरेर संसद्भित्र छिरे । ती निर्माण गर्दैनन् त्यहाँ ठूला कुरा गर्छन् । सबैतिरबाट राजनीतिले गाँजेको बेलामा पनि सीमित गरिब जनता, असंगठित समूहलार्ई जम्मा गरेर दोहन गर्ने कामविरुद्ध निरन्तर लडियो ।

तीन वर्ष मुख्य सचिव भएर बिदा हँुदै हुनुहुन्छ, यस अवधिमा के गरेँ भन्ने लाग्छ ?
मेरो कार्यकालको हरेक मिनेट र हरेक क्षण खेर जान नदिएर सदुपयोग गरेँ । मैले आफूले गर्ने काम वा यहाँबाट सम्पादन गर्ने कामबाट के मुलुकको स्थायित्व र समृद्धिलार्ई योगदान पुग्छ ? के त्यसले मुलुकको राष्ट्रिय स्वार्थ र साखलार्ई उचो बनाउँछ ? के निजामती सेवाको कार्यदक्षता र छविलार्ई उज्यालो बनाउँछ ? यी विषयमा यदि सकरात्मक उत्तर आउँछ भने म यसलार्ई उपलब्धि ठान्छु । मैले आफ्नो पदीय हैसियत र व्यक्तिगत रूपमा पूरा प्रयोग गरेँ । माथिको प्रश्नको सकारात्मक उत्तर आयो भने इमानदारीपूवर्क पूरै बल लगाएर त्यसलार्ई रोक्ने प्रयत्न पनि गरेँ । पदीय सीमा हुन्छ, व्यक्तिगत सीमा हुन्छ, ती सीमालार्ई ख्याल गरेर अहिले तीन वर्ष पछाडि फर्केर हेर्दा आफूले आफ्नो पदलार्ई न्याय नै गरेँ भन्ने लाग्छ ।

आफूले गरेका कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
निश्चय नै । यो पद पाएर यसमा आफूले आफ्नो पूरा क्षमता राष्ट्रको हितमा प्रयोग गर्नु भनेको खुसी र गर्वको कुरा हो । अत्यन्तै जटिल र प्रतिकूल अवस्थामा काम गर्नुप¥यो ।
धेरै मान्छे कतिपय बुझेका मान्छेले पनि मुख्य सचिवले त नीति बनाउने हो, यो वा त्यो गरे हुन्थ्यो भन्ने कुरा गर्छन् । मुख्य सचिव भनेको नीति निर्माता होइन । यो प्रत्यक्ष आफैँ कार्यान्वयनकर्ता पनि होइन । फेरि सेना र प्रहरीको हाकिमजस्तो आफ्नो फोर्सको कमान्डर पनि होइन । बाहिरका मान्छेको बुझाइमा कमजोरी रहेकाले प्रोजेक्टजस्तो कहाँ कमजोरी रह्यो, कहाँ सुधार भयो वा भएन भन्छन् । त्यसैले यो मुख्य सचिवको जिम्मेवारी र पदको कार्यविवरणसँग त्यति धेरै जानकार नभएको मान्छेले भन्ने कुरा हो ।
मैले सुरुमा केही कुरामा सुधारका लागि मेरा प्रयास केन्द्रित हुनेछन् भनेको थिएँ । एउटा, भ्रष्टाचारमा शून्य सहनशीलता हो । शून्य सहनशीलता भनेको आफू नगर्ने, आफ्नो सबैभन्दा प्रियतम् व्यक्ति पनि भ्रष्टाचारमा संलग्न छ भने त्यसको विरोध गर्ने र कारबाही र दण्ड दिलाउनका लागि पूरै क्षमता लगाउने । त्यो मैले कही पनि सहिनँ । दोस्रो, मैले ‘रेस्पोन्सिभ गभर्मेन्ट’ भनेको थिएँ । जनताको दैनन्दिन समस्याप्रति नेपालको सार्वजनिक सेवालार्ई उत्तरदायी बनाउने प्रयत्न मेरो रह्यो ।

तपाईंले त्यसका लागि के–के गर्नुभयो त ?
नेपालभरिबाट सोझै जनताका गुनासा सुन्ने र त्यसलार्ई प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रयास गरियो । आफँैले नेपालभरका समस्या र विकृतिका बारे जानकारी लिएर ती विकृति विसंगतिका विरुद्ध सरकारी संयन्त्र र आफ्नो बलबुता प्रयोग गर्ने काम पनि गरेँ । त्यसमा मैले आफ्नो भरपूर क्षमता देखाएँ । वैदेशिक रोजगार व्यवसायमा गरिब नेपालीलार्ई ठग्नेलार्ई कारबाही गर्न, विदेशमा पसेर न्याय नपाएकालार्ई न्याय दिलाउन, ठेक्कापट्टामा हुने अनियमितता र गुणस्तरहीन काम गरेर राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने, लामो समय ठेक्का लिएर काम नगर्ने प्रवृत्तिविरुद्ध कर्मचारीलार्ई र सम्बद्ध व्यक्तिलार्ई सचेत गराउन केही कोसिस भएका छन् । साथै, औषधिमा कालोबजारी गर्ने खराब व्यवसायी र त्यसैलार्ई प्रवद्र्धन गर्ने मेडिकलकर्मीको कुरा होस् वा मेडिकलजस्तो विशुद्ध पेसालार्ई छिटो पैसा कमाउने गतिलो उपाय बनाउनलार्ई सबै किसिमका साम, दाम, दण्ड, भेद प्रयोग गर्ने संगठित शक्तिलार्ई ललर्काने कुरामा केही न केही सुधारको प्रयत्न भएको छ । संस्थागत विद्यालयका नाममा निजी शैक्षिक संस्था खोलेर अधिक नाफा दोहन गरेर शिक्षाको माध्यमबाट समाजमा वर्ग सिर्जना गरेर राज्यसत्तालार्ई चुनौती दिनेसँग लड्ने कुरा होस् वा चाहे निजामती शासनभित्रै बसेर राजनीतिक दलका भ्रातृसंगठन जस्तो भएर राज्यका वैधानिक सञ्चालन पद्धतिमाथि चुनौती दिने, काम नगर्ने, काम गर्नेलार्ई अवरोध सिर्जना गर्ने र राजनीतिक आडभरोसामा पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारी हुन यी सबैसँग सम्झौताहीन संघर्ष गरेको छु ।

भनेपछि, मन्त्रिपरिषद्भित्रै पनि संघर्ष गर्नुभयो ?
पर्याप्त लडियो । विकृतिका बाहक बनेका कुनै पनि संगठित शक्ति छैन, जोसँग मैले सोझो प्रतिरोध नगरेको होस् । मन्त्रिपरिषद् पनि त्यसैको प्रतिविम्ब हो । ती सबै संगठित शक्तिले मन्त्रिपरिषद्को शक्ति प्रयोग गरेर, मन्त्रिपरिषद्को खोल ओढेर गलत निर्णय गराउन खोज्ने र त्यसैलार्ई बोक्ने राजनीतज्ञहरूसँग अन्तरद्वन्द्व भइरह्यो ।

सचिवहरूले नै आफ्ना मन्त्रीहरूलार्ई तपाईंविरुद्ध उचाल्थे होलान् नि ?
होलान् । मन्त्रिपरिषद्मा त्यसको प्रतिविम्ब मजाले आउँथ्यो । मैले सचिवहरूलार्ई पत्र लेखेपछि आउने मन्त्रिपरिषद्मा त्यसको प्रतिविम्ब आइहाल्थ्यो । त्यसले मलार्ई राम्रो बन्न सघायो । मैले कहीँकतै गल्ती गरेँ भने मलार्ई कसैले पनि बाँकी राख्दैन भन्ने ठानेर मलार्ई अझै धेरै व्यावसायिक ढंगले स्वाभिमानपूर्वक राष्ट्रको हितमा काम गर्न सघायो । व्यक्तिगत स्वार्थ छाड्न त्यसैले उत्प्रेरणा दिन्थ्यो ।

तीनजना भिन्नाभिन्नै पृष्ठभूमिका प्रधानमन्त्री (बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइराला) सँग काम गर्नुभयो, कस्तो रह्यो तपाईंको अनुभव ?
मुख्यसचिवले कुनै पनि प्रधानमन्त्रीबीच तुलना गर्ने कुरा अनैतिक हो, पदीय मर्यादा विपरीतको हो । तर, उहाँहरू सबैको चासो र चिन्ता यो मुलुक समृद्ध बनोस् संक्रमणकाल छोटियोस् र अस्थिरता कम होस् भन्ने मैले पाएँ । त्यसमा समानता छ । उहाँहरूको पदीय सीमा थिए, त्यसलार्ई बुझिदिनुपर्छ भन्ने मलार्ई लाग्छ ।
बाब्रामको सीमा के थियो भने उहाँ सशस्त्र द्वन्द्वबाट आउनुभएको थियो । उहाँका कार्यकर्ताको ठूलो पंक्ति वैधानिक प्रक्रियाबाट नआएका कारणले विधि विधानको सीमाभन्दा फरक ढंगले जानका लागि उहाँमाथि तीव्र दबाब हुन्थ्यो । वैधानिक सीमाभन्दा बाहिर नजानका लागि हामीले रोक्नुपथ्र्यो । उहाँको त्यो बाध्यता र सीमा हामीले बुझिदिनुपथ्र्यो । तथापि, उहाँमा देश निर्माण गर्ने अथाह ऊर्जा थियो । विचारको दृष्टिले उहाँसँग भएको क्षमता कुनै कुनै बेला विलक्षण लाग्थ्यो ।
खिलराज रेग्मी अदालती प्रक्रियाबाट आउनुभएकाले गर्दा अदालती वा कानुनका जटिल प्रक्रियाका भित्र प्रशासनिक निर्णयहरू लिन खोज्नुहुन्थ्यो । त्यसरी प्रशासन चल्दैनथ्यो । फेरि हामी त्यो बेला त्यस्तो संक्रमणकालमा थियाँै, जुनबेला छिटोछिटो निणर्यहरू गनुपथ्र्यो । दलीय व्यवस्थामा दलहरू सरकारबाहिर थिए । संविधान सुषुप्त अवस्थामा थियो । मुलुक पूरै द्वन्द्वमा थियो । निजामती सेवाभित्रै पनि १८ हजार कर्मचारी २४ घ १ अनुसार बढुवा भएर पद नपाएको कारणले आक्रोशित थिए । उनीहरू कुनै पनि बेला सरकारमा आगो बाल्न सलार्ई कोरेर बसेको अवस्था थियो, त्यो बेलामा कानुनका व्याख्या र अदालती ढंगले चल्ने उहाँको अभ्यस्तता थियो । उहाँको त्यो सीमामा रहेर पनि काम गरियो ।
लामो अस्थिरताको निरन्तरताका स्वरूप सुशील कोइराला हालका प्रधानमन्त्री हुनुहुन्छ । जनताका दुई तिहाइ बहुमतका भन्छन् । तर, सरकारमा साझेदार अर्को दल उहाँ जत्तिकै संगठित र बलियो छ । विभिन्न दलभित्र भएका गुटलार्ई पनि लुकाइरहनु पर्दैन । यस्तो अवस्थामा सन्तुलन मिलाउनुपर्नेछ । उहाँ धेरै लामो प्रजातान्त्रिक आन्दोलनबाट आएको व्यक्ति भएको नाताले कतिपय अवस्थामा तत्काल विशेष निर्णय गर्नुपर्दा अप्ठ्यारो पर्छ ।

तपाईंसँगको प्रतिस्पर्धामा मुख्य सचिव बन्न नसकेर राजीनामा दिएकाहरू पछि मन्त्री बनेर आउनुभयो, कसरी काम गर्नुभयो ?
म तपाईंलार्ई त्यसबेलाको एउटा गोप्य कुरा भन्छु । जुनबेला मन्त्रिमण्डलको घोषणा भयो, त्यसदिन म चाहिँ राजीनामा दिने मुडमा थिएँ । पत्रपत्रिकाले लेखे, मैले होइन भनेर प्रतिवाद पनि गरेँ । तर, म राजीनामा दिने मुडमा थिएँ । म एकदमै भावुक पनि भएँ । तत्कालीन मन्त्रिपरिषद्को अध्यक्षज्यूकोमा गएर शपथ ग्रहणपछि म छाड्दै छु भनेँ । उहाँ एकदमै गम्भीर भएर ‘यो मुलुकलार्ई निकास दिने हो, संकटमा परेको बेला मुलुकलार्ई झन् संकटमा धकेल्ने काम एउटा जिम्मेवार नागरिकले गर्न सक्दैन, तपाईं व्यावसायिक र क्षमतावान् हुनुहुन्छ भन्ने ठानेरै मैले यो जिम्मेवारी स्वीकारेको हो ।
उहाँले मलार्ई ‘तपाईं राजीनामाको कुरै नगर्नुस्, तपाईंको भावना म बुझ्छु, भावनामा चोट पर्न दिन्नँ’ भन्नुभयो । मैले एउटा अभिभावक जस्तो ठानेर ती कुरा ग्रहण गरेँ । हुन पनि मुलुकलार्ई संकट परेका बेला मैले त्यो गर्नु भनेको संकटबाट भाग्नु हुन्थ्यो । त्यो पनि केका लागि भन्दा व्यक्तिगत इगोका लागि । उहाँले त्यति भनेपछि राजीनामा दिने विचार त्यहीँ छाडेर काम गर्न थालेँ । आफ्नो पदीय हिसाबले मैले मेरो काम गरेँ ।

बागमती सफाइको अभियान अब के हुन्छ ?
एउटा प्रमुख अभियन्ताको रूपमा मेरो संलग्नता निरन्तर रहन्छ । मैले जसलार्ई हस्तान्तरण गर्छु उहाँलार्ई पनि निरन्तर गर्नुस् भन्ने मेरो आग्रह रहन्छ ।

तपाईंलार्ई बीचैमा हटाउन पनि प्रयास भएको थियो नि ?
विगतमा मलार्ई मुख्यसचिवको पद छाड्नका लागि प्रस्ताव आएका थिए । राजदूत बनाउनेदेखि २६ जनाभित्र मनोनयन गर्ने कुरा पनि गरियो । त्यतिखेर मैले लोभ गरेको भए उहाँहरूका हातमा यो मुख्यसचिवको पद आउँदैनथ्यो । कुनै बेला घोक्राएर निकाल्छुसम्म भनियो । सत्तारुढ दलसँग नजिक भनिएका सचिवहरूले घोक्राएर निकाल्ने भनेपछि एक किसिमले पद थ्रेटमै थियो ।
ती कुरा सुनाउँदा मैले त्यसलार्ई किञ्चित लिइनँ । अहिले मैले मुख्य सचिवका दुवै दाबेदारलार्ई के भनेको छु भने मैले लोभ गरेको भए वा म डराएको भए मुख्यसचिव पद तपाईंहरूको हातमा आउँदैनथ्यो । त्यो मेरो हातमा थियो । तपाईंहरूले संयोगले पद पाउँदै हुनुहुन्छ । त्यसैले त्यस पदप्रति न्याय गर्नुहोला ।

कर्मचारीतन्त्रलार्ई के दिएर जाँदै हुनुहुन्छ ?
मुख्य सचिवको एउटा महत्वपूर्ण जिम्मेवारी भनेकै निजामती सेवाका उच्च पदस्थ कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्ने हो । उनीहरूको बढुवा पक्रिया र कार्यसम्पादन मूल्यांकन प्रक्रियामा सहभागी हुने हो । काम गर्ने क्रममा निजामती कर्मचारीभित्र देखिएका विकृति विसंगति नियन्त्रण गर्न मैले सक्दो प्रयास गरेँ । हड्ताल विरोधको चेतावनी दिएर सरकारलार्ई घेराबन्दीमा पार्ने अवस्था आयो । त्यो सानोतिनो कुरा थिएन । प्रशासनमा त्यो सबैभन्दा ठूलो विकृतिको घर थियो । त्यसलार्ई हटाउन धेरै पहिलादेखिका प्रयास असफल भएका थिए । मेरो पहलमा वा भनौँ सहजीकरणमा त्यसलार्ई टुंगोमा पु¥याइयो । त्यसैलेको फलस्वरूप सचिव बढुवाको क्रममा वरिष्ठलार्ई प्राथमिकता दिने विषय स्थापित भएको हो । यो नेपालको इतिहासमा पहिलोपटक हो । बढुवामा सबैभन्दा बढी विकृति छ । त्यसलार्ई न्यून गर्न वरिष्ठताको आधारमा बढुवा गर्ने प्रावधान बनाएपछि केही सुधार भएको भन्न सकिन्छ । निजामती सेवा ऐनको चौथो संशोधनमा पनि मेरो केही सहयोग रह्यो ।

तपाईंले जति यो गरेँ, त्यो गरेँ भने पनि डिभी र पिआर लिने कर्मचारीलार्ई कारबाही गराउन सक्नुभएन । त्यसका लागि लालबाबु पण्डित नै सामान्य प्रशासनमन्त्री बन्नुप¥र्यो नि ?
म पदमा आउनासाथ दुई मुलुकमा बस्ने र दुई मुलुकमा जागिर खाने प्रवृत्तिको अन्त्य गर्ने प्रयास गरेँ । त्यति बेलाको मेरो प्रयास सफल हुन सकेन । मैले अघि पनि भनेँ र फेरि पनि दोहो¥याउँछु मुख्य सचिव भनेको समन्वयकर्ता मात्रै हो । विदेशमा बसेर डिभी पिआर लिनेहरूलार्ई शुद्धीकरण गर्न मैले सुरुमै कोसिस गरेको हो । त्यसलार्ई कार्यकारी अधिकार प्रयोगकर्ताबाट साथ मिलेन । मैले त्यतिबेला पहल गर्दा क्याबिनेटमा प्रस्तावसम्म पनि पुग्न सकेन । ‘यो मुख्यसचिवको एजेन्डा म लैजान्नँ’ भनेर मन्त्रीज्यू भन्नुहुन्छ भनेर पछि सचिवले सुनाए । समन्वयकर्ता र कार्यकारीबीचको फरक पनि यही नै हो ।

राष्ट्रसेवाको जिम्मा पाएका कर्मचारी युनियन खडा गरी पार्टीका भ्रातृसंगठन चलाइरहेछन् । तपाईंले यसलार्ई रोक्न के गर्नुभयो ?
निजामती प्रशासन असाध्यै धेरै दलगत राजनीतिले भाँडिएको साँचो हो । सेवा प्रवाहमा नकारात्मक असर पर्नुको एउटा कारण यो हो । यसलार्ई निरुत्साहित गर्न मैले केही नगरेको होइन अवश्य गरेको छु । मैले उनीहरूकै अगाडि हाकाहाकी कुनै पनि दलको राजनीति गर्न पाउँदैनौं भनेँ । उनीहरूले दिउँसो गर्ने कार्यक्रममा सहभागी हुन्नँ भनेर त्यसलार्ई निरुत्साहित गरेँ ।
मुख्य सचिव हुनेबित्तिकै स्वागतका लागि बोलाइयो, त्यो कार्यक्रममा म साढे चार बजे पुगँे र भनेँ, ‘कार्यालय समयमा कार्यक्रम गर्नु कर्मचारीको नैतिकता होइन । आइन्दा मलार्ई कार्यालय समयमा नबोलाउनु ।’ अनेकथरि माग लिएर ज्ञापनपत्र बुझाउने, बाहनाबाजी गर्नेलार्ई मैले आफूसम्म आउन रोकेँ । कर्मचारी भएर कर्मचारीका ज्ञापनपत्र बोकेर हिँड्ने होइन काम गर्नुहोस् भनेँ ।

त्यतिबेला तपाईं प्रधानमन्त्री बाबुराम भट्टराईले काखी च्यापेर मुख्य सचिव बन्नुभयो भनेर पनि सुनिएकै हो । नयाँ आउन लागेका मुख्यसचिव पनि अमुक दलको कोटामा बनाइँदैछ भन्ने चर्चा छ । राजनीतिको छाता नओडी त गाह्रै रहेछ नि होइन ?
समग्रमा हेर्दा त्यस्तो देखिएला तर दुर्भाग्यपुर्ण कुरा के हो भने म पनि त मानिस हुँ । मान्छे भएपछि स्वतः उसको केही विचार हुन्छ । फरक यति हो, निजामती सेवाको पदमा बसेको बेला दलीय राजनीतिभन्दा माथि उठेर निर्णय गर्ने हो । राजनीति नगर्ने भनेको पनि त्यही हो । मुख्य सचिब बनाउँदा मलार्ई कसैले सहयोग गरेको होला । मैले दलीय आस्थाबाट प्रेरित भएर काम गरिनँ । मान्छेको मूल्यांकन कामले हुनुपर्छ । मेरा सबै काम खुला किताब जस्ता छन् ।

कर्मचारीतन्त्रमा हस्तक्षेपका लागि कर्मचारीले बोलाउँछन् अथवा दलहरूले जबर्जस्ती हस्तक्षेप गर्ने हुन् ?
परिस्थिति हेरेर यी दुवै किसिमका अभ्यास हाम्रोमा देखिएका छन् । राजनीतिक दलको पछि लागेपछि काम गर्नु नपर्ने, दलको छाताभित्र पसेर छिटोछिटो फाइदा लिन पाइने अनि त्यो फाइदा नेता र कर्मचारीबीच बाँड्ने घातक प्रवृत्ति हाम्रो कर्मचारीतन्त्रमा मौलाउँदै गएको छ । यसबाट सेवाग्राही जनता र मुलुक पीडित बनेको छ । यो राष्ट्रको स्वार्थविपरीत हो ।

पुनर्निर्माण प्राधिकरणको प्रमुखमा तपाईंको पनि नाम चर्चामा आएको छ । तपाईं आफैँले आफ्नो नाम प्रस्ताव गर्नुभयो भन्ने कुरा हल्लामा आएको थियो, कुरा के हो प्रस्ट पारिदिनुस् न ?
जुन मितिमा मैले प्रधानमन्त्रीलार्ई नाम प्रस्ताव गरेँ भनेर समाचार आयो, त्यतिबेला मैले उहाँसँग भेट नै गरेको छैन । मैले आफ्नो नाम आफैँले प्रस्ताव गरेँ भन्ने समाचार पूर्ण असत्य हो । मेरा बारेमा त्यत्रो कुरा आउँदा मलार्ई एकपटक सोधेको भए समाचार सन्तुलित र तथ्यपूर्ण हुन्थ्यो होला । समाचार आइसकेपछि मैले बुधबार उहाँसँग भेट गरेँ । त्यस कारण त्यो पूरै गलत कुरा बाहिर आयो । सिइओको दौडमा म छैन ।

तपाईंको प्राधिकरण प्रमुखमा रुचि नभएकै हो त ? तपाईंको दाबी रहन्छ कि रहन्न ?
त्यो पदका लागि तोकिएको योग्यता र जस्तो खालको मानिसको परिकल्पना गरिएको छ त्यो मेरो योग्यतासँग मिल्छ । मैले मुख्यसचिवमा दाबी गर्न मिल्थ्यो त्यो दाबी गरेँ । सहसचिवबाट सचिवमा दाबी गर्न मिल्थ्यो त्यो पनि गरेँ । प्राधिकरण सिइओमा मेरो दाबी छैन । सरकारले पनि अवकाश पाउँदै गरेको मुख्यसचिवलार्ई सिइओ बनाउने भन्ने प्रावधान राखेको छैन । सिइओ छनौटको प्रक्रिया धेरै ठूलो छ । त्यसैले दाबी गर्न मिल्दैन । यदि मलार्ई त्यो जिम्मेवारी सरकारले दिन्छ भने त्यो पूरा गर्न सक्छु । सेवाबाट निवृत्तको अर्थ अब यो सेवाबाट मैले गर्ने काम सकियो भनेको हो । मैले अब पद आकांक्षा राख्नु पदलोलुपता हुन्छ ।

मुख्यसचिबबाट बिदा लिएसँगै अब तपाईं राजनीतिमा आउने सम्भावना कतिको छ ?
शून्य सम्भावना छ भन्दिनँ । आजको दिनमा राजनीतिमा जाने गरी मनस्थिति बनाएको छैन । तर, मुलुकको आमूल परिवर्तन राजनीतिबाहेक अन्यत्रबाट सम्भव छैन । कर्मचारीको असाध्यै धेरै साना सीमा हुन्छन् । किनभने, यो अधिनस्थ प्रणाली हो । मुलुकको रूपान्तरण चाहने हो भने राजनीतिको विकल्प छैन । त्यो राजनीतिलार्ई सघाउने पनि हुनसक्ला अथवा आफैँ सक्रिय भएर त्यसमा लाग्ने पनि हुन सक्ला ।
यदि मैले मुलुक रूपान्तरणको सपना देख्छु भने कि मैले कोही राजनीति गर्ने मान्छेलार्ई सघाउनुपर्ने हुन्छ कि म आफैँले राजनीति गर्नुपर्ने हुन्छ । आजका दिनसम्म म कुनै पनि दलसँग आबद्ध छैन । म भोट हाल्छु तर कुनै विचार वा दृष्टिकोणसँग नजिक छैन । जुनसुकै निजामतीको पदको कुर्सीमा बसेको बेलामा दलको टोपी झिकेरै बसेको छु । अहिले त त्यसबारे केही निर्णय गरेको छैन । तत्कालै सम्भावना पनि देख्दिनँ । किनभने, मैले अहिलेसम्म कुनै योजना बनाएको छैन, बिनायोजना काम होला जस्तो लाग्दैन । तर, फेरि भन्छु, यो शून्य सम्भावना भएको कुरा चाहिँ होइन ।

प्रतिक्रिया