‘हाम्रो संविधान नहुँने भएपछि जनवादी संविधान दियौँ’

Mohan-Baidhya-Kiran-Baकाठमाडौं, १४ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले केही राजनीति पार्टीहरूले इतिहास उल्टाउँदै जनविरोध संविधान ल्याउन लागेकाले घोषणा भएकै दिन च्यातेर आन्दोलनमा जाने बताएका छन् ।

काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आज ‘कौशीकी’ पत्रिकाको विशेषाङ्कको विमोचन गर्दै वैद्यले संविधानसभाले जनताको संविधान नबनाउने भएकाले पार्टीको धारणामा परिवर्तन गरिएको बताए ।

‘यो संविधानसभाबाट जनताको संविधान बन्न सक्दैन’, उनले भने, ‘हामी पश्चगामी संविधानको पक्षमा छैनौं । जबरजस्त पश्चगामी संविधान लादिए क्रान्तिको अर्को अध्यय सुरु हुन्छ ।’

अध्यक्ष वैद्यले आफ्नो पार्टीलाई प्रधानमन्त्रीले संविधानमा सुझावको लागि बोलाएपछि छलफलमा गएको बताए ।

‘प्रधानमन्त्रीले हाम्रो पार्टीलाई सुझावको लागि बोलाएपछि हामी छलफल गर्न गयौं’, उनले भने, ‘उहाँले नयाँ संधिवानको सुझाव के छ भन्दै कुरा सुरु गर्नुभयो । हामीले यो संविधान जनताको संविधान बन्न नसक्ने बताउँदै जनवादी संविधानको मस्यौदा प्रधानमन्त्रीको हातमा थमाएर आयौं ।’

उनले माओवादी आन्दोलन कमजोर र विभाजित भएकोमा चिन्ता जनाए ।

प्रतिक्रिया