भाटभटेनीलाई कारबाही भएन

काठमाडौं, १३ साउन । तारागाउँ भूकम्पपीडितलाई र भाटभटेनीले बेचेको कुहिइएको चामलको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएको पीडितले गुनासो गरेका छन् ।

भाटभटेनीले कुहिइएको चामल दिएर आफूलाई ठगेकोभन्दै जिल्ला प्रशासन कार्यालयमा पीडितका तर्फबाट ज्ञापन पत्र बुझाए पनि हालसम्म प्रशासनले सामन्य छलफलसमेत नगराई चासो नदिएको पीडितले बताए । गत साउन ६ गते सम्पूुर्ण विवरणसहित सिडिओलाई ज्ञापन पत्र बुझाउन जाँदा सिडिओ एकनाथ अर्यालले भोलि नै बोलाएर छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि हालसम्म केही खबर नहुँदा अचम्म लागेको भूकम्पपीडित संघका उपाध्याक्ष अष्टबहादुर गुरुङले बताएका छन् ।
दाताहरूले भूकम्पपीडितका लागि भनेर खरिद गरेको चामल कुहिइएको परेपछि आन्दोलित भएका पीडितले रकम फिर्ता पाउनुपर्ने माग राखेका छन् । यता राहतका लागि रकम उपलब्ध गराउने दाताहरूले समेत आपूmले पीडितका लागि भनेर दिएको रकम भाटभाटेनीले तत्काल फिर्ता गरिदिनुपर्ने बताएका छन् । ‘गुणस्तरहीन चामल बिक्री वितरण गर्नेलाई कारबाही गर्ने सरकारको दायित्व हो तर, हामीले दिएको राहत रकम हराउनु र पीडितले नपाउनुभनेको दुःखद विषय हो ’ दातामध्येका दाबा शेर्पाले भने ।
उता सिडिओ अर्यालले भने ज्ञापनपत्र आएपछि तत्काललै प्रहरी वृत्त बौद्धका डिएसपीलाई घटनाबारे स्थानीय स्तरमा छलफल गर्न निर्देशन दिएको बताएका छन् । उनले भने, ‘कालाबजांरी नै भएको रहेछ भने मुद्दा चलाउनुप¥यो । होइन भने यथार्थ के लिन दिन भएको हो त्यो मिल्न सक्छ भने मिलाइदिनु भनेर डिएसपी साबलाई भनेको छु ।’ जिल्ला प्रशासन कार्यालयले त्यहाँ रहेको वास्तविक भूकम्पपीडितको अध्ययन गर्न नरबहादुर खड्काको नेतृत्वमा टोली नै बनाइसकेको श्रोतले जनाएको छ ।
चावाहिलस्थित भाटभाटेनी सुपरमार्केटका मेनेजर किरण महर्जनले चामलका लागि पैसा लिएको तर उनले भाटभाटेनीको नभई बाहिरबाट ल्याएको चामल पीडितलाई दिएको भाटभाटेनीका एक कर्मचारीले नाम नबताउने सर्त बताएका छन् । उनले भने, ‘ भाटभाटेनीको गोदाममा राखिएको चामल एक गाडी मात्र थियो । त्यो त राम्रै थियो पछि कहाँबाट ल्याएर मेनेजर सरले प्याक गर्न लगाउनुभयो । हामीले कुहिइएको चामल परेछ भनेर जानकारी दियौँ तर उनले पीडितले खाने यस्तै हो भन्दै पोका बनाउन लगाए ।’
यता पीडितले समेत सुरुमा आएको एक गाडी चामल राम्रै भएको बताएका थिए । भाटभटेनीकै कर्मचारीले मेनेजर किरण महर्जनले आपूmले निश्चित कमिसन खाएर बाहिर कसैको गोदामबाट चामल ल्याएको हुन सक्ने बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सोे चामल न्यून गुणस्तरको भएको प्रमाणित गरिसकेको छ । भाटभटेनी सुपरमार्केटका प्रतिनिधिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयान गराइसकेको छ । बयानपछि अभियोग पत्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने विभागले जनाएको भए पनि प्रशासन कार्यालयमा मुद्दा नआइपुगेको सिडिओ अर्यालले जनाएका छन् ।

प्रतिक्रिया