डिएसपीले किन च्याते राष्ट्रिय झन्डा

Hindu-aandolan-1-1मोरङ, १२ साउन । हिन्दूराष्ट्रको माग गर्दै शनिबारबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हिन्दू धर्मावलम्बीहरूले सोमबार आयोजना गरेको तीनघन्टे चक्काजाम कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

विभिन्न धार्मिक गीतहरूमा नृत्य गरिरहेका धर्मावलम्बीहरूलाई प्रहरीले सोमबार हस्तक्षेप गरेको हो ।

इटहरी क्षेत्रमा धर्मको नाममा दिनैपिच्छे बन्द र आन्दोलन हुन थालेपछि प्रहरीले सोमबारको बन्द खुलाउने प्रयास गर्दा धर्मावलम्बीहरूसँग केही क्षण भुठभेड भएको थियो ।

मुठभेडकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोदकुमार शर्माले नेपालको राष्ट्रिय झन्डालाई समेत दुई टुक्रा पारेर च्यातेका छन् ।

प्रहरीले जबरजस्ती खोसेर लगेको झन्डा माग्दै आएका आन्दोलनकारीहरू र सारा सञ्चारकर्मीहरूकै अगाडि डिएसपी शर्माले राष्ट्रिय झन्डा च्यातेका हुन् । बन्द खुलाउने क्रममा भएको मुठभेडमा डिएसपी शर्माले आमा समानकी महिला इटहरी–४ की मञ्जु रेग्मीलाई लात्ती र लाठीले हिर्काएका थिए ।

हिन्दूराष्ट्रको पक्षमा नाराबाजी गर्दै इटहरीको मुख्य चोकमा भेला भएका हिन्दू धर्मवालम्बीलाई प्रहरीले एकाएक हस्तक्षेप गर्दा इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।

केहीक्षणको मुठभेडपश्चात् बन्द खुलाउन पुगेको प्रहरीटोलीलाई उल्टै आन्दोलनकारीले घेराबन्दी गरेका थिए ।

आन्दोलनका क्रममा डिएसपी शर्माले च्यातेको झन्डा जस्ताको तस्तै फिर्ता गर्नुपर्ने र लात्तीले हिर्काइएकी आमा समानकी महिलासँग माफी माग्नुपर्ने माग गर्दै प्रहरीविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।

आन्दोलनपश्चात् परिणत संघर्ष समितिका मुख्य संयोजक युवा सन्त श्रीनिवासाचार्यले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपको ठाडो विरोध गरेका थिए ।

कोणसभामा बोल्दै निवासाचार्यले नेपालका पूर्वमन्त्री कृष्णबहादुर महरालाई विदेशी दलालको संज्ञा दिँदै पुत्ला जलाएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलनकारीले सोमबार इलाका प्रहरी कार्यालय इटहरीको कार्यालयसमेत घेराउ गरेका थिए ।

प्रतिक्रिया