मोरङ, ७ साउन । लोकतन्त्रमा विरोध,र समर्थन गर्ने अधिकार सबैलाई भएको हुँदा अहिले संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्नु, जलाउनुको कुनै तुक नभएको खम्बूवान राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्ष तथा सभासद् आरके खम्बूले बताएका छन् ।
बुधबार दिउँसो मोरङको बेलबारीमा कार्यकर्तालाई सम्बोधन गर्न पुगेका खम्बूले भने ‘पहिलो संविधानसभा संविधान नै जारि नगरी भंग भएकाले अब परिमार्जन भएर जारि हुने संविधानले ती सबै बर्ग र क्षेत्रलाई समेटने छ ।’
पछिल्लो समय सुझाव संकलनका क्रममा जनताले राजतन्त्रको बारेमा पनि आवाज उठाएका छन नी ? भन्ने प्रश्नमा खम्बूले यो च्याप्टरमा कुरा गर्नु नै गलत भएको र नेपालमा कुनै पनि हालतमा अब राजतन्त्र फिर्ता हुन नसक्ने दाबी गरे ।
संविधानको प्रारम्भिक मस्यौदाले सबैलाई समेटेका कारण कसैले विरोध गर्नुको तुक नभएको र जसरी पनि संविधान जारि भएरै छाड्नेसमेत उनले बताए । पहिचान र सामथ्र्यका आधारमा बन्ने सीमांकन र नामांकनका विषयमा कसैले शंका गर्नु उपयुक्त नभएको उनको तर्क थियो ।
पूर्वको नौ जिल्लालाई छुट्टै राज्यको माग गर्दै आइरहेको लिम्बूवान पार्टीले पनि विरोध गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ थियो । अहिलेसम्म आपूहरू पिँजडाको सुगाजस्तै भएको, आफ्नो सम्पत्ति आपैले उपयोग गर्न नपाइरहेको अवस्थामा संघीय राज्य बन्दा सबैलाई स्वीकार्य हुने उनको तर्क थियो ।
संघीय राज्य बनेपछि सबैले आफ्नो राज्यमा भएका सम्पत्तिको उपयोग त्यही गर्न पाउने र केन्द्रिकृत राज्यप्रणालीमा भर पर्नु नपर्ने, आप्नो ढुकुटीको मालिक आफँ हुन पाउने भएपछि विरोध गर्नुभन्दा यो संविधानलाई समर्थन गर्नुमा नै सबैको भलो देखेको उनले बताए ।
नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ठूला दलसमेत प्रदेशको विषयमा लचिलो बनेपछि संविधानको प्रारम्भिक मस्यौदा आउन सफल भएको र आपूmहरूले त्यसलाई समर्थन गरेको खम्बूले बताए । ठूला दलका उच्च स्तरीय नेताहरू सम्मिलित आयोगमा आपूm पनि रहेको र सबैका आवाजहरू उठाउँदा सबै नेताले समर्थन पनि गरेका कारण साना दललाई अब फेरि धोका नहुनेमा समेत आपू ढुक्क रहेको उनले बताए ।
सबै कुरामा सहमति भएपछि पनि ठूला दलहरूले फेरी धोका दिएभने आपूहरू सडक र सदन दुवैबाट शान्तिपूर्ण आन्दोलन चलाउने नेता खम्बूले बताए ।
प्रतिक्रिया